राजसंस्थाबारे आधिकारिक धारणा तय गर्न राप्रपा नेपालद्वारा समिति गठन « Khabarhub

राजसंस्थाबारे आधिकारिक धारणा तय गर्न राप्रपा नेपालद्वारा समिति गठन


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजसंस्थाबारे पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले राजसंस्थाबारे पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

पार्टीले राजसंस्थाबारे पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न उपाध्यक्ष प्रा. डा. विष्णुबहादुर भण्डारीको संयोजकत्वमा सुझाव सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यमा केशवराज श्रेष्ठ, वसन्तमान सिंह अधिकारी, हिक्मतबहादुर ढकाल, प्रा. नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्य सचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेका छन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ ।

यसैगरी पार्टीले सनातन धर्म संस्कृतिको रक्षा र प्रवर्द्धन गर्नका निमित्त राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने निर्णय समेत गरेको छ । परिषद्को अध्यक्षमा प्रा. डा. विष्णुबहादुर भण्डारीलाई मनोनयन गरिएको छ ।

यसैगरी पार्टीसँग आबद्ध भातृ संगठनहरु राष्ट्रिय खेलकुद संगठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान संगठन नेपालको अध्यक्षमा डम्बर प्रसाद शिवाकोटी, सदस्य सचिवमा जनक फडेरा, राष्ट्रिय अपाङ्ग संगठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम संगठन नेपालको अध्यक्षमा मोहम्मद खालिद इकबाल इराकीलाई जिम्मेवारी तोकिएको छ ।

साथै पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी २०८० भदौको दोश्रो हप्ता काठमाण्डौमा बोलाउने निर्णय गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ६ : ३८ बजे

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढे

दमौली– जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र