रास्वपाको विपद् व्यवस्थापनमा आरएटी परिचालन « Khabarhub

रास्वपाको विपद् व्यवस्थापनमा आरएटी परिचालन


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवननारायणगढ–मुग्लिन सडक खण्डमा तत्काल प्रतिकार्य समूह (आरएटी) परिचालन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीेको उक्त समूह नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोमा परेका यात्रु र सवारी साधनको व्यवस्थापनमा खटिएको हो ।

समूहका प्रदेश संयोजक विजय गुप्ताको नेतृत्वमा ५० स्वयंसेवक परिचालन गरिएको रास्वपाका सभापति रवि लामिछानेका निजी सचिब प्रकाश सिग्देलले जानकारी दिए। विपद्का समयमा परिचालन हुने गरी समूह बनाएर  परिचालन गरिएको उनले बताएका छन् । केन्द्रमा विष्णुकुमार श्रेष्ठको नेतृत्वमा उक्त समूह गठन गरिएको थियो ।

उक्त समूहले कार्यक्षेत्रमा रहेका प्रहरीसँगको समन्वयमा उद्धार, व्यवस्थापन र राहतका कामहरू गर्ने छ । मङ्गलबारदेखि विपत् परेका स्थानमा परिचालन हुने गरी खटाइएको उक्त समूहले  पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई सहजीकरण गर्दै यात्रालाई सहज बनाउन पहल गर्ने  जनाइएको छ ।

सभापति लामिछाने निर्वाचित भएको सय दिनअन्तर्गत घोषणा गरिएको कार्यक्रमअन्तर्गत यो समूह परिचालन भएको हो । अब नियमित समूह परिचालन हुने निजी सचिव सिग्देलले  जानकारी दिए । सो समूहले नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत कालीखोलामा पहिरोमा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापनमा पनि सहजीकरण गरेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १ : ५८ बजे

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण