केटी जिस्काएको निहुँमा एक युवकको हत्या, दुई जना पक्राउ | Khabarhub Khabarhub

केटी जिस्काएको निहुँमा एक युवकको हत्या, दुई जना पक्राउ


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

पर्सा– १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका-४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ । 

उक्त कुटपिट तथा झै-झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । 

उक्त विषयमा वकिल महमद अंसारी र अली महमद अन्सारीबीच शनिबार राति झै-झगडा तथा कुटपिट भएको अवस्थामा अबतुल्लाह मिया अन्सारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगञ्ज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । 

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ३ : ३४ बजे

जलवायु परिवर्तनका कारण आगलागी बढ्दै

एजेन्सी– विश्वभर अधिकतम गर्मी मापन भएसँगै जलवायु परिवर्तनले निम्त्याएको जंगली

इतिहास रचेपछि छचल्कियो अफगानी क्रिकेटरको खुसी (तस्बिरहरू)

काठमाडौं- अफगानिस्तानले विश्व क्रिकेटमा एउटा इतिहास भएको छ । आईसीसी

भारतसँगको समझदारीमा ईपीजी प्रतिवेदन बुझ्न पहल गर्दैछौँ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह

चौरजहारी-सल्लीबजार सडक अवरुद्ध

काँक्रेविहार– निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी-सल्यानको सल्लीबजार सडकखण्ड आज

ठगी मुद्दामा ७ वर्ष जेल बसेर छुटेलगत्तै अर्की महिलालाई दुबईमा बेचिदिए

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा ७ वर्ष जेल सजाय काटेर जेलबाट छुटेका