खेती गर्ने समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित | Khabarhub Khabarhub

खेती गर्ने समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खेती गर्ने समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । गोदाममा रासायनिक युरिया मल भए पनि तनहुँ, लमजुङ र गोरखाका किसानले पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ ।

कोटा निर्धाणरमा ढिलाइ हुँदा मल वितरणमा पनि ढिला भएको कम्पनी दमौलीका शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिए । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले वितरणका लागि कोटा निर्धारण गर्न ढिला गर्दा समयमा मल वितरण गर्न नसकिएको उनले बताए ।

हालसम्म जिल्लामा एक सय ९० मेट्रिकटन युरिया मल आएको भए पनि वितरण हुन ढिला भएको उनले बताए । उनले भने, “एक सय ९० मेट्रिक टन मल आइसकेको छ, करिब दुई सय टन मल आउने सम्भावना छ, तर कोटा निर्धारण नभएकोले बाँड्न पाइएको छैन ।”

माग छ सय टनको भए पनि दुई सय टन मात्रै आउने सम्भावना भएकोले मलको अभाव हुने उनको भनाइ छ । मागअनुसारको मल आपूर्ति नभएकाले मलको अभाव भएको उनले बताए । शाखा प्रबन्धक शर्माका अनुसार एक जिल्लाका लागि चाहिने जति मल तीन जिल्लामा बाँड्नुपर्ने हुँदा मलको अभाव रहेको छ ।

आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै मागअनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक सुरुदेखि नै मल अभाव भएको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव खेप्नुपर्ने अवस्था रहेको छ ।

तनहुँ, लमजुङ र गोरखाका लागि मागअनुसारको रासायनिक मल वितरण गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीमा आएको एक तिहाइ मात्रै मल कोटा निर्धारण गरी किसानलाई वितरण गर्दै आएको जनाएको छ । व्यास नगरपालिका–५ पाटन निवासी मनिसरा आलेले मल बिक्री गर्ने सबै पसलमा धाउँदा पनि मल नपाइएको गुनासो गरिन् । उनले भनिन्, “विगतका वर्ष जस्तै यसवर्ष पनि रासायनिक मल अभावले गर्दा उत्पादन घट्ने चिन्ताले सताएको छ ।”

त्यस्तै व्यास नगरपालिका–५ चिन्तुटार निवासी शङ्कर गुरुङले धानमा मल राख्ने समयमा मल नपाउँदा उत्पादन घट्ने अवस्था आएको बताए । उनले भने, “मल पाइन्छ कि भनेर धेरै पटक धाइयो, तर पाउनै सकिएन, समयमा मल राख्न नपाएपछि कसरी उत्पादन हुन्छ खै खेती ?”

पर्याप्त मात्रामा मल वितरण गर्ने हो भने तीन जिल्लाको लागि तीन हजार मेट्रिक टन युरिया, डिपिए एक हजार मेट्रिक टन र पोटास एक सय ५० मेट्रिक टन आवश्यक पर्नेमा एक तिहाइ मात्रै आउने गरेको शाखा प्रबन्धक शर्माले जानकारी दिए । तनहुँमा ९०, लमजुङमा ४४, गोरखामा ६३ गरी एक सय ९७  बिक्रेतामार्फत समान रूपमा रासायनिक मल वितरण गरिएको उनले बताए ।

सरकारले परिमाणको आधारमा रकम विनियोजन गर्ने हो भने मलको अभाव नहुने उनले बताए । उनले भने, “जति आवश्यक पर्छ सोही परिमाणका आधारमा अनुदान दिइनुपर्छ, रकम विनियोजन गर्दा मूल्य वृद्धि भयो भने परिणाम घटेर मलको अभाव सिर्जना हुन्छ, यसको समाधानमा सरकारले ध्यान दिनु आवश्यक छ ।” खेतबारीमा प्राङ्गारिक मलभन्दा अधिकांशले रासायनिक मलको प्रयोगलाई बढाउँदै लगेकाले मलको मागसमेत बढ्दै कम्पनीले जनाएको छ ।

मल आपूर्ति हुनासाथ कोटा छुट्टाउने प्रक्रिया छिटो गरिएमा बारम्बार ताकेता गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने शाखा प्रबन्धक शर्माले बताए । कोटा छुट्याउने प्रक्रिया लामो हुँदा ढिला गर्न नहुने उनको भनाइ छ । धान बालीमा कम्पोस्ट मलको प्रयोग हुन छाडिसकेको छ । सबैतिर रासायनिक मलकै प्रयोग भइरहेकाले मलको अभावले उत्पादनमा प्रभाव पार्ने देखिएको छ ।

“कोटा निर्धारण भएर आएको छ, आजबाट दुई जिल्लाका सम्बन्धित बिक्रेतालाई वितरण गर्नेछौंँ”, उनले भने । यस कम्पनीमार्फत तनहुँ र लमजुङका लागि मल आपूर्ति भएको उनले जनाए । तनहुँका लागि व्यास नगरपालिका–२ गणेशमान चोकस्थित मेलमिलाप कृषि सहकारी संस्थाकी व्यवस्थापक पूजा भट्टराई न्यौपानेले एक सय बोरा मलको माग भएकोमा १० बोरा मात्रै आएको बताइन् ।

आवश्यक मल नै नआउँदा किसानलाई वितरणमा समस्या हुने गरेको उनले बताइन् । कम्पनीमा एक सय ९० मेट्रिक टन युरिया, ६० मेट्रिकटन पोटास र ६० मेट्रिक टन डिएपी मल भण्डारमा रहेको छ । युरिया बढी माग हुने भएकाले आजैबाट वितरण हुनेगर्छ ।

कम्पनीमा आवश्यकताको ८० प्रतिशत युरिया आपूर्ति भएको छ, भने १० प्रतिशत साल्ट टे«डर्समार्फत पूर्ति हुने बताइएको छ । पोटास र डिएपी भने मागअनुसार वितरण गर्ने गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ४ : ३५ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार