दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा एमालेबाट आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध, आदिवासी जनजातिको विकास र संवर्द्धनमा सरकार प्रतिबद्ध, उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत, ललिता निवास प्रकरणका आरोपी थप सात दिन हिरासतमा रहने, गौर हत्याकाण्ड छानबिन गर्ने सहमतिपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढ्यो, कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठनलगायतका समाचारले प्रमुख स्थान पाए ।

राष्ट्रिय सभा बैठकमा पनि एमालेको अवरोध

राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।

बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामयिक विषयमा भने बोलेका थिए । समसामयिक विषयमा सांसदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरू उठेर विरोध जनाएका थिए ।

एमालेबाट आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

बैठक सुरु हुनासाथ एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले समय लिएर बोल्दै एक सय केजी सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताए ।

आदिवासी जनजातिको विकास र संवर्द्धनमा सरकार प्रतिबद्ध

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका आदिवासी समुदायले बोल्ने सबै भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध रहेको बताएका छन् ।

उनन्तिसौँ आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता र एकतालाई सुदृढ गर्न एवं संविधानको परिकल्पनाअनुरूप समाजवादको आधार तयार पार्नसमेत यस दिवसले महत्त्वपूर्ण प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२, प्रादेशिक सार्वजनिकीकरण’ कार्यक्रममा उनले दरबन्दी र उपकरणको विषयमा समेत व्यवस्थापनको लागि मन्त्रालय गम्भीर भएर लागिरहेको बताए ।

ललिता निवास प्रकरणका आरोपी थप सात दिन हिरासतमा रहने

बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएको हो।

राष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचार विमर्श भएको थियो ।

नागरिकतासम्बन्धी नियमावली चाँडै मन्त्रिपरिषद्मा पेस गर्छौँ : गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी नियमावली तत्कालै ल्याउने बताएका छन् ।

मिडिया एडभोकेसी ग्रुप तथा महिला कानुन र विकास मञ्चले संयुक्त रुपमा आज ललितपुरमा आयोजना गरेको नागरिकता ऐनको कार्यान्वयनसम्बन्धी छलफलमा उनले नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनौँसम्म कुराएर राख्ने अवस्थाको अन्त्य हुने बताएका हुन् ।

गौर हत्याकाण्ड : छानबिन गर्ने सहमतिपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढ्यो
२८ जनाको ज्यान जाने गरी भएको गौर हत्याकाण्डको १७ वर्षपछि छानबिन गर्ने सहमति भएपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढेको छ ।

मंगलबार सरकार र गौर हत्याकाण्ड संघर्ष समितिबीच पाँच बुँदे सहमति भएपछि जसपालाई सरकार छाड्न दबाब बढेको छ । उसलाई सरकारबाट बाहिरिन र समर्थन नै फिर्ता लिन दबाब बढेको हो ।

स्थानीय निकायको समन्वयमा मात्र उद्धारमा खटिन रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजिकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ ।

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले आज एक विज्ञप्ति जारी गर्दै र्‍यापिड एक्सन टिम (आरएटी) र पार्टी पङ्क्तिलाई बाढी पहिरो प्रकोपमा जनताको उद्धार गर्नका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग समन्वय र अनुमति लिन सूचना जारी गरेका हुन् ।

‘द्रुतमार्ग निर्माणमा सबैको सहयोग र समन्वय होस्’

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रुपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ-तराई मधेस द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो औँल्याएका छन् ।

उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत

सरकारले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले चीनको कुनमिङ सहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने ७ औँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना  इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन उपराष्ट्रपतिको चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन

जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

सो घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।

विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले जातीय विविधता भएको गण्डकी प्रदेश रहेको उल्लेख गरे ।

मकवानपुर पहिरो : दुई जनाको शव हेटौँडा अस्पताल लगियो

मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये आज फेला परेका दुई जनाको शव हेटौँडा अस्पताल लगिएको छ ।

मङ्गलबार फेला परेका स्थानीय ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ९ : ०० बजे

संस्थान सुधार : सधैँको एजेण्डा, तर बढ्दो अलमल

सार्वजनिक संस्थानहरू घुमाउरो जवाफदेहिताका कारण उद्देश्यमुखी हुन नसकेको विषयमा भारतीय

ईयूको सहयोगमा ग्रीन सिफ्ट परियोजनालाई १ करोड २० लाख अनुदान 

काठमाडौं– युरोपियन युनियन (ईयू) ले क्रिएसन नेपालले सञ्चालन गरिरहेको ग्रीन

खानेकुरा खेर जानबाट यसरी बचाउनुहोस्  

काठमाडौं– हाम्रो भान्सामा दैनिक धेरै खानेकुरा खेर गइरहेको हुन्छन् । सागसब्जी,

जंगली च्याउ खाँदा एकै परिवारका सातजना बिरामी

बागमती– जंगली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका

प्रधानमन्त्री दाहाललाई राजीनामा दिन गगन थापाको सुझाव

विराटनगर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा