आजको मौसम : कतै भारी वर्षा, कतै हावाहुरी चल्ने « Khabarhub

आजको मौसम : कतै भारी वर्षा, कतै हावाहुरी चल्ने


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

यस्तै, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। 

वर्षाका कारण नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्याङ्ग तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ६ : ३४ बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४