पोखरा विमानस्थलमा आज पहिलो पटक व्यावसायिक उडान हुँदै « Khabarhub

पोखरा विमानस्थलमा आज पहिलो पटक व्यावसायिक उडान हुँदै


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पहिलो पटक व्यावसायिक उडान सुरु हुँदैछ । विमानस्थलका अनुसार आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान अवतरण गर्दैछ ।

दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एयरलाइन्स ड्रुक एयर पोखरामा अवतरण गरी भोलि भुटान, थिम्पुका लागि उडान भर्नेछ । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन्।

ड्रुक एयर पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमान बन्नेछ । यसअघि पोखरामा सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो । चीनबाट चार्टर्ड गरेर आएको सो विमान रित्तै फर्किएको थियो ।

नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णले भुटानी एयरलाइन्स ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्नेछ ।

विमानस्थलले अन्तर्राष्ट्रिय उडानबाट ४२ जना यात्रु लिएर उडान भर्ने भएकाले पहिलोपटक आम्दानीसमेत गर्नेछ । 

सञ्चालनमा आएको करिब ८ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो । 

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ६ : ४५ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण