ठेक्का सम्झौता भएको दुई वर्षपछि सडक निर्माण सुरु « Khabarhub

ठेक्का सम्झौता भएको दुई वर्षपछि सडक निर्माण सुरु


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– ठेक्का सम्झौता भएको दुई वर्षपछि मुस्ताङको जोमसोम–कागबेनी सडक निर्माणको काम सुरु भएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक विस्तार र कालोपत्र गर्न विसं २०७८ साल असोज ४ गते ठेक्का सम्झौता भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख प्रजापतिले ठेक्का सम्झौता भएको दुई वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको सडक विस्तारको काम थालेको जानकारी दिनुभयो ।

१३ किलोमिटर दूरीको जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न रौताह–आत्रेय जेभीले २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

‘अठार महिनाको ठेक्का अवधिको म्याद थियो’, उनले भने, ‘धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुई वर्षपछि ठेकेदारले दुई सय जना मजदुरका साथै उपकरण परिचालन गरेर प्रारम्भिक चरणको काम सुरु गरेका छन् ।’

लागत अनुमानभन्दा आधा बढी रकम घटेर ठेक्का पारेको निर्माण कम्पनीले काम गर्न आनाकानी गरेपछि आयोजनाले कालोसूचीमा राख्ने चेतावनी दिएको थियो । यसअघि थप भएको छ महिनाको म्याद पनि आगामी असोज ३ गते सकिँदैछ । यो आयोजनाको हालसम्मको प्रगति एक चौथाइभन्दा कम छ ।

यसअघि नै ग्राभेल भइसकेको जोमसोम–कागबेनी सडकको ग्रेड मिलाउने, विस्तार गर्ने, मेसिनरी, ग्यावीयन पर्खाल गर्ने, माटो कटिङ, फिलिङ, नाली निर्माण, चौडा र कालोपत्र गर्न ठेक्का लगाइएको थियो ।

मुख्य जिम्मेवारी लिएको आत्रेयले अलपत्र बनाएको योजना साझेदारमध्येको रौताह निर्माण कम्पनीले काम अघि बढाएको हो । यो सडक कालोपत्र भएमा मुस्ताङका बासिन्दाका साथै कागबेनी, मुक्तिनाथ तीर्थयात्रामा आउने भक्तजन र पर्यटकलाई सहज हुने बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले बताउनुभयो ।

जोमसोमदेखि चीनको सिमानामा रहेको कोरला नाका जोड्ने आठ वटा खण्डको एक सय १० किलोमिटर दूरीको सडकमध्ये छ वटा प्याकेजको ७५ किमी दूरीको सडक विस्तार र ग्राभेल गर्ने काम सकिएको छ ।

२५ किलोमिटर दूरीको चराङ–छोसेर खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ । यो खण्ड स्तरोन्नति सकिएपछि जोमसोमदेखि कोरला नाका जोड्ने सबै खण्डको सडक गाभ्रेल हुने योजना प्रमुख प्रजापतिले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  १० : ०१ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग