कोशी प्रदेशमा मध्यावधि भए दोब्बर सिट ल्याउँछौँ : माधव नेपाल « Khabarhub

कोशी प्रदेशमा मध्यावधि भए दोब्बर सिट ल्याउँछौँ : माधव नेपाल


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोसी प्रदेश मध्यावधि निर्वाचन भए आफ्नो पार्टीले अहिलेको भन्दा दोब्बर सिट ल्याउने दाबी गरेका छन् ।

एकीकृत ट्रेड युनियन महासङ्घको कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै उनले मध्यावधिमा जानु देश र जनताका लागि भलो नहुने भएकाले सकेसम्म मिलेर सरकार बनाउनु पर्ने बताए ।

उनले आफ्नो पार्टी मध्यावधिको पक्षमा नरहे पनि परिस्थिति त्यस्तै बन्यो र मध्यावधि भयो भने अहिलेको भन्दा दोब्बर सिट जित्ने बताए । उनले कोशी प्रदेशमा मिल्नु, साथ दिनु र चुनावमा जानुको विकल्प नभएको समेत बताए । 

उनले भने, ‘हामीलाई त फरक हुनेवाला छैन। किनभने हाम्रो साथीहरूको हिसाब के छ भने, चुनाव भयो भने हाम्रो पार्टीलाई फाइदै हुन्छ। अहिले हामीसँग त्यहाँ चार सिट छ, सिट संख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौँ । तर अरुको सातो गएको छ।’ 

उनले मध्यावधि हुँदा ४० सिट भएको एमाले र २९ सिट भएको कांग्रेसलाई सिट गुम्ने डर रहेको बताए । 

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  १ : ०२ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण