समाजवादी मोर्चाको सन्देश सभा आइतबार हेटौँडामा « Khabarhub

समाजवादी मोर्चाको सन्देश सभा आइतबार हेटौँडामा


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्ने भएको छ । आज पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरुले उक्त सन्देश सभाबारे जानकारी गराएका छन् ।

सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार बागमती प्रदेशको हेटौँडामा सभा हुने नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन् । आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्नेसमेत तयारी छ ।

आइतबार आयोजना गर्न लागिएको झेलालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्रदेश अध्यक्ष भुसालले बताइन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ४ : २१ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ