कोशीमा मिलेर अघि बढ्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

कोशीमा मिलेर अघि बढ्नुपर्छ : अध्यक्ष नेपाल


२३ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान परिस्थितिमा कोशीमा मिलेर वा चुनावमा जानुपर्ने अवस्था देखिएकाले मिलेर अघि बढ्नु उत्तम हुने जिकिर गरे ।

उनले चुनाव नै भएपनि गठबन्धनलाई फाइदा पुग्ने भएपनि राष्ट्रलाई थप आर्थिक भार पर्ने भएकाले चुनाव गर्न नहुनेमा जोड दिए । अध्यक्ष नेपालले अहिलेको निर्वाचन प्रणालीका कारण बेला बेलामा समस्या देखिने गरेको भन्दै त्यसैका कारण अहिले कोशीमा सभामुख र उपसभामुख नै पद छाड्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

उनले पार्टी अघि बढाउने कुरामा एमाले र केपी ओली प्रवृति समस्या भएको भन्दै त्यस्तो प्रवृतिलाई नपन्छाएसम्म संगठन र राजनीति अघि बढ्न नसक्ने तर्क गरे ।

अध्यक्ष नेपालले शनिबार नै आफू र चिनिया राजदूतबीच भेट भएको र भेटमा प्रधानमन्त्रीको चीन भ्रमणका साथै द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जानकारी दिए ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ४ : ३८ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति