मुलुकमा एकता र सद्भाव आवश्यक छ : नेता कार्की « Khabarhub

मुलुकमा एकता र सद्भाव आवश्यक छ : नेता कार्की


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इनरुवा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा एकता र सद्भाव आवश्यक रहेको बताएका छन् ।

नेपाल मुस्लिम संघ सुनसरीको पदस्थापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री कार्कीले एकता र सद्भावबाट विकास तथा निर्माण गर्न सहज हुने बताए ।

मुलुकमा सबै जातजाति, भाषाभाषी, संस्कृति, साम्प्रदायिक विकास भएमात्र दिगो शान्ति र विकास हुनसक्ने भन्दै उनले त्यसतर्फ सबै अग्रसर हुन आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस र लोकतन्त्रको भविष्य रहेकोले सुन्दर नेपाल निर्माण गर्नका लागि आन्तरिक र राष्ट्रिय एकता मजबुत बनाउनुपर्नेमा जोड दिँदै उनले मुलुकको स्थिरता दिनका लागि समृद्धि, विकास र निर्माणको गति दिनुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री कार्कीले विभिन्न आन्दोलनमा मुस्लिम समुदायले पुर्याएको योगदानलाई उच्च सम्मान गर्दै भावनात्मक एकताले सबैलाई जोड्ने काम गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ८ : ४० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन