डिजिटल डिभाइसले बालबालिकामा आँखाको समस्या « Khabarhub

डिजिटल डिभाइसले बालबालिकामा आँखाको समस्या

हरेक वर्ष अनिवार्य एक पटक बालबालिकाको आँखाको जाँच गर्नुपर्छ


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

अहिलेको डिजिटल युग हो। दिनदिनै नयाँनयाँ प्रविधि विकसित भइरहेका छन्। मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याब्लेटको प्रयोग बढ्दो छ। इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग सहरदेखि गाउँसम्मै पुगेको देखिन्छ। यी सामग्रीको प्रयोग बालकदेखि वृद्धसम्म हरेक उमेरका मानिसले गरिरहेका छन्। यसको धेरै प्रयोगले हरेक उमेरका मानिसलाई असर गर्ने चिकित्सकको भनाइ छ। फलस्वरुप अहिले धेरैजसो बालबालिका चस्मा पहिरिएका देखिन्छन्। अभिभावकहरूले अहिले साना–साना बालबालिकाको हातमा मोबाइल वा ल्यापटप दिने गरेका हुन्छन्। पछिल्लो समय हामीले आँखाको दृष्टि गुमाइरहेका छौं। हाम्रो आँखा प्रतिदिन कमजोर हुँदैछ। यसको सबैभन्दा बढी असर त साना बालबालिकामा परेको छ। जो बिहान उठ्नसाथ मोवाइल, ल्यापटप, कम्प्युटरमा तल्लिन हुन्छन्। भिडियो गेम, मोबाइल तथा कम्प्युटर लगायतका आधुनिक ग्याजेटको प्रयोगका कारण बालबालिका आँखा बिग्रने सम्भावना धेरै हुने गर्दछ। यसरी बालबालिकालाई धेरै मोबाइल, ल्यापटप दिँदा त्यसले कस्तो असर गर्दछ ?, धेरै कम्प्युटर चलाएर बस्ने ठुलो मान्छेहरूमा कस्तो असर गर्छ त ? यिनै विषयमा आधारित रहेर खबरहबका लागि वरिष्ठ आँखा रोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुङ्गेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

साना बालबालिकालाई धेरै मोबाइल, ल्यापटप दिँदा त्यसले कस्तो असर गर्दछ ?
अहिले साना बालबालिका कतिपय अनलाइन क्लाहरु लिने भएकोले मोबाइल फोनलगायतका डिभाइसमा बढी झुण्डिने गरेका छन्। बिहान उठ्नसाथ मोबाइल, ल्यापटप, कम्प्युटरमा हुन्छन्। भिडियो गेम, मोबाइल तथा कम्प्युटर लगायतका आधुनिक ग्याजेटको प्रयोगका कारण बालबालिको आँखा बिग्रिएको छ। हाल आँखा अस्पतालमा धेरै यस्तो समस्या लिएर आएका छन्। हामीले बच्चा स्कुल जानु भन्दा अगाडि आँखा जाँच गराउनु पर्दछ। बच्चाहरूमा आँखा पहिचान गर्नु भन्दा अगाडि दृष्टि देख्ने शक्ति कम छ र त्यो हुँदा हुँदै यस्ता डिभाइसहरु प्रयोग गर्याे भने त्यसले झन् असर गर्दछ। सामान्य समस्या भए चस्मा लगाउँदा ठिक हुन्छ। धेरै बेरसम्म बिहानदेखि बेलुकासम्म अनलाइन बस्यो भने बच्चाको आँखा रातो हुने, माड्ने हुन्छ। धेरै समय यस्तो भयो भने आँखा बांगो वा टेढो जस्तो देखिने हुन्छ।

डिजिटल डिभाइसको प्रयोगले सबै बालबालिकामा एउटै लक्षण देखिने हो ?
त्यसको लागि बच्चाहरूको आँखामा भिजन चेक गरेर मोबाइल र कम्प्युटर धेरै प्रयोग गर्ने बच्चाहरूलाई चस्मा लगाइदिनु पर्दछ। बालबालिकाको आँखाको हेरचाहको लागि अभिभावकले आफै जानेर ध्यान दिनु पर्दछ। बरु बालबालिकालाई बाहिर तिर कतै घुमाउनुपर्छ। सकेसम्म कोठामा मात्र मोबाइल फोनको नजिक बस्न दिनु हुँदैन।

बालबालिकाको आँखाको समयमा नै उपचार गरिएन भने पछि कस्तो जोखिम हुन्छ ?
बच्चाहरूको आँखा प्रत्येक वर्ष जाँच गर्नुपर्दछ। नर्सरी क्लासमा पढ्दादेखि नै आँखाको भिजन चेक गर्नु पर्दछ। कतिपय बच्चाको आँखा चिलायो र रातो भयो भने पढ्न ध्यान दिँदैन। त्यहि आँखा धेरै चलाएर बस्छ। त्यसको समयमा उपचार गराइएन त्यस्तै छोड्यो भने पछि गएर बच्चाको आँखा नै बाङ्गो हुनसक्छ। त्यसैले ५ देखि १५ वर्षको बच्चाहरूको प्रत्येक वर्ष भिजन जाँच गर्नु पर्दछ।

साना स्कुल जान नसक्ने बच्चाले मोबाइल हेर्दा कस्तो असर गर्दछ ?
टिभी हेर्दैमा आँखा बिग्रिने र अन्धो नै हुने भन्ने हुँदैन। यो समस्या सानोमा मात्र हेर्ने भन्ने होइन। यो समस्या ठुलोमा पनि हुन्छ। बच्चाको हकमा दैनिक आँखा रातो हुने, माड्ने, आँसु आउने हुन्छ। पछि गएर १२ देखि १५ वर्षपछि पनि उपचार भएन भने आँखाको भिजन गुमाइसकेको हुन्छ। त्यसलाई फेरि फिर्ता गर्न सकिँदैन।

लामो समयसम्म कम्प्युटर चलाउने मान्छेहरूमा कस्तो असर गर्छ ?
धेरै लामो समय दिन भएर नै काम गर्ने मान्छेहरूमा कम्प्युटर कति अग्लोमा कति टाढा राख्ने थाहा नै हुँदैन। त्यसले गर्दा आँखा दुखेको जस्तो हुने, रातो हुने, निन्याउरो हुने हुन्छ। त्यसको लागि एक पटक आँखाको भिजन परीक्षण गर्नुपर्छ। कम्प्युटर कति हाइटमा राख्ने, लाइटकहाँ राख्ने त्यो ध्यान दिनु पर्दछ। प्रत्येक २० मिनेट काम गर्दा आँखा २० सेकेन्ड जति टाढा हेर्ने। बिचबिचमा आराम गर्ने, पानी खाने। आँखा ड्राइ छ भने औषधिहरू गर्दा हुन्छ। कम्प्युटर चलाउँदा चस्माहरूको प्रयोग गर्दा हुन्छ।

आँखामा कुनै समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ?
बालबालिकाहरुमा रुटिन भिजन चेक गर्नुपर्दछ। दृष्टि धमिलो भएमा आँखामा चश्मा लगाएर यसको उपचार गर्नु पर्दछ। चश्मा लगाएको खण्डमा बच्चाले राम्ररी आँखा देख्न सक्दछ। यो हामीले सुरुका केही वर्षहरुमा गर्नुपर्छ। चोट पटक लाग्नबाट बच्नु पर्दछ। ४५ वर्ष भन्दामाथि हो भने हरेक वर्ष आँखा जाँच गर्नुपर्दछ। हरियो साग सब्जी खाने र बाहिर तिर हिँड्ने गर्नुपर्छ। धूम्रपान र मद्यपान सेवन गर्नु हुँदैन। आँखाको उपचारका लागि सधैभर सचेत हुनुपर्छ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ७ : ०५ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा