इजरायलमा जहाज पठाउने सरकारको तयारी, हवाई कम्पनीद्वारा तेल अभिभ विमानस्थलमा सेवा स्थगित « Khabarhub

इजरायलमा जहाज पठाउने सरकारको तयारी, हवाई कम्पनीद्वारा तेल अभिभ विमानस्थलमा सेवा स्थगित


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- प्यालेस्टाइनी लडाकुको हमलामा परी मृत्यु भएका नेपाली नागरिकको शव फिर्ता ल्याउन एवम् फसेका नागरिकको उद्धार गर्न सरकारले इजरायलतर्फ जहाज पठाउने तयारी गरिरहेको बेला विभिन्न हवाई कम्पनीले त्यहाँबाट हुने सबै उडान र अवतरण स्थगित गरेका छन् ।

इजरायलस्थित तेल अभिभ सहरमा रहेको बेन गुरियोन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सुरक्षित नभएको भन्दै अमेरिकी हवाई सेवा कम्पनीहरु डेल्टा एयर, युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स र फ्रान्सको एयर फ्रान्स, फिनल्याण्डको फिन एअरले सबै उडान र अवतरण स्थगित गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बेलायतको इजीजेट, चीनको हाइनान अयरलाइन्सले पनि हवाई सेवा स्थगित गरेको घोषणा गरेका छन् ।

हमास, प्यालेस्टाइनी इस्लामिक जिहादलगायतका प्यालेस्टाइनी लडाकु समूहले इजरायलमाथि हमला गरेसँगै सुरक्षा चिन्ताबीच विभिन्न एयरलाइन्सले हवाई सेवा स्थगित गरेका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका केही फुटेजहरुमा गाजा क्षेत्रमा रहेको लडाकुहरुले आकाशमा उडिरहेका हेलिकोप्टर तथा लडाकु विमानलाई लक्षित गरी काँधमा राखेर मार हान्न सक्ने विमानभेदी क्षेप्यास्त्र प्रहार गरिरहेको देखिन्छ ।

यसअघि हमासको लडाकु दस्ता इजाद्दिन अल कसम ब्रिगेडले बेन गुरियोन अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण गरेको दाबी गरेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : ५२ बजे

नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति

भक्तपुर– बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई  बिरामीलाई

रेडक्रस सोसाइटीले राजनीतिबाट मुक्त भई निष्पक्ष कार्यसम्पादन गर्नुपर्छः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहेर

निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौं– सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ