आज २०८० साल कात्तिक २३ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल कात्तिक २३ गते बिहीबारको राशिफल


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल कात्तिक २३ गते बिहीबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : भविष्यबारे गरिने निर्णयले सुख दिनेछ। सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता प्राप्त हुने योग रहेको छ।

वृष : मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहे पनि प्रेममा भने धोका पाइनेछ।

मिथुन : अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी गर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक क्षेत्रमा मेलमिलापको योग रहेको छ।

कर्कट : दिन निकै राम्रो छ। दैनिकी सबल छ। दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह : शत्रु नाश हुनेछ। दैनिकीमा प्रगति हुनेछ। राजनीतिमा आफ्नो संगठन बलियो हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा देशमा गरिएको कामबाट नाम, दाम, सम्मान मिल्नेछ।

कन्या :प्रेममा सफलता मिल्नेछ। नयाँ कामको थालनी नगरेको राम्रो। व्यापार व्यवसायमा भने राम्रो आम्दानी बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्।

तुला : दिन त्यत्ति राम्रो छैन। आज सबै क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ।

वृश्चिक : बोलीका कारण साथीभाइ घट्ने भएकाले बोल्दा विचार पुर्याउनुहोला। शत्रु बढ्नेछन्। पारिवारिक तनाव बढ्नेछ।

धनु : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आयआर्जन बढ्नेछ। प्रेममा धोका पाइनेछ।

मकर : प्रतिस्पर्धी निस्तेज हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वदेशमै दु:ख गर्दा लाभ प्राप्त हुने योग रहेको छ।

कुम्भ : आज नयाँ कामको थालनी नगरेको राम्रो। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।

मिन : आजको लगानीबाट उल्लेखनीय नतिजा मिल्नेछ। व्यापार व्यवसायमा उन्नती हुनेछ। आफन्तसँग बोल्दा सचेत हुनुपर्नेछ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ५ : ०६ बजे

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि

एमाले बैठकमा नवीना लामाले भनिन् : हामी साँच्चिकै खोक्रो राष्ट्रवादमा अल्झिएका रहेछौँ

काठमाडौं– नेकपा एमालेकी केन्द्रीय सदस्य नविना लामाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको

भारतबाहेक ११ देशबाट राजदूत फिर्ता बोलायो सरकारले

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न ११ देशमा रहेका