अमेरिकीद्वारा दोस्रो पटक सिरियास्थित इरानी लडाकुमाथि हवाई हमला « Khabarhub

अमेरिकीद्वारा दोस्रो पटक सिरियास्थित इरानी लडाकुमाथि हवाई हमला


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– इजरायल र हमासबीच जारी युद्धको क्रममा पूर्वी सिरियामा रहेको अमेरिकी सैन्य अखडामा इरान समर्थित समूहले आक्रमण गरिरहेको छ ।

यस हमलाको जवाफमा अमेरिकाले पनि बुधबार हवाई आक्रमण गरेको छ । जसमा इरान समर्थित समूहका ९ जना मारिएका छन्  । अमेरिकाले इरान समर्थित मिलिसियाले प्रयोग गरेको हतियार गोदाममा पछिल्लो हमला गरेको हो ।

एफ–१५ लडाकु विमानको सहयोगमा अमेरिकाले इरानको रिभोलुसनरी गार्डसँग सम्बन्धित हतियार गोदाममा आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जानकारी दिए । उनले भनेका छन्,  ‘हाम्रो लागि अमेरिकी सैनिकको सुरक्षा गर्नुभन्दा महत्वपूर्ण केही छैन । यस कारबाहीबाट हामीले प्रमाणित गर्‍यौँ कि अमेरिकाले आफ्ना सैनिकहरूको हितका लागि जे पनि गर्छ।’

पछिल्लो दुई हप्तामा दोस्रो पटक अमेरिकाले सिरियामा रहेको इरानी रिभोलुसनरी गार्डसँग सम्बन्धित हतियार गोदामहरूलाई निशाना बनाएको हो । अमेरिकाले अक्टोबर १७ यता कम्तीमा ४० वटा यस्ता हमला भएको जानकारी दिएको छ । जसमा अमेरिकी सैन्य आधार शिविरलाई निशाना बनाइएको छ ।

अमेरिकाले इरान र उसका सहयोगीहरूलाई इजरायल–हमास द्वन्द्वलाई क्षेत्रीय युद्धमा परिणत गर्नबाट रोक्न खोजिरहेको छ। जसका कारण इरानले समर्थन गरेको आधार हो । यस कारणले इरान समर्थित लक्ष्यहरूमा आक्रमण र नियन्त्रण गरिरहेको छ ।

गत महिना अक्टोबर ७ मा इजरायलमा हमास समूहले हमला गरेको थियो जसमा हालसम्म १४०० इजरायलीको मृत्यु भइसकेको छ । इजरायलले इरानले हमासलाई सहयोग गरिरहेको दाबी गरेको छ । 

जसका कारण इरान समर्थित समूहले पूर्वी सिरियामा रहेको अमेरिकी सैन्य आधार शिविरमा आक्रमण गरेपछि अमेरिकाले पनि जवाफी कारबाही गरेको जनाइएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ७ : ४९ बजे

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन

म्याच डे ४ः जापानले नेदरल्यान्ड्सलाई हराउन सक्ला ?

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत ‘म्याच–डे ४’मा आइतबार नेदरल्यान्ड्सले एसियन