सुत्केरीलाई स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार | Khabarhub Khabarhub

सुत्केरीलाई स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ ।

कञ्चनपुरको झलारी स्वास्थ्यचौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र एक क्रेट अण्डा निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को हालसम्म स्वास्थ्य चौकीमा सुत्केरी भएका ५१ जनालाई पोषणयुक्त घ्यू र अण्डा वितरण गरिएको छ । 

सुत्केरी भएकालाई जनही एक हजार पाँच सय बराबरको घ्यू र अण्डा वितरण गरिएको स्वास्थ्य चौकीका प्रमुख हीरासिंह ढुङ्गालले जानकारी दिए । उनका अनुसार पोषणयुक्त आहार पाउनका लागि स्वास्थ्य चौकीमा नियमित गर्भचेक जाँच गराएको र सुरक्षितरुपमा सुत्केरी हुनका लागि स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट सेवा लिएको हुनुपर्ने छ ।

‘सुत्केरी र शिशुको स्वास्थ्यमा सुधार ल्याउन पोषणयुक्त आहार वितरण गर्दै आएका छौँ’, प्रमुख ढुङ्गालले भने, ‘स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा सुत्केरी भएकालाई तीन वर्षदेखि निरन्तररुपमा पोषणयुक्त आहार वितरणको कार्य हुँदै आएको छ ।’

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पोषणयुक्त आहारको प्रयोग गर्नुपर्दछ भन्ने जानकारी दिइने गरिएकाले नगरपालिकामा कुपोषित बालबालिकाको सङ्ख्या घट्दै गएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए ।

स्वास्थ्य चौकीले वितरण गर्दै आएको पोषणयुक्त आहारले आर्थिकरूपमा विपन्न परिवारका सुत्केरीको पोषणमा सुधार ल्याउन सघाउ पुर्‍याएको उनको भनाइ छ । 

तीन वर्षको अवधिमा स्वास्थ्य चौकीबाट एक सय ६० सुत्केरीलाई पोषणयुक्त आहार वितरण गरिएको छ । गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार खानका लागि प्रेरित गर्ने गरिएको छ ।

सुत्केरीलाई घ्यू, अण्डासँगै टुसा उमारेको गेडागुडी, च्याउ, दुग्धजन्य पदार्थ, माछा मासु, हरियो सागपात, फलफूल, मसलाको प्रयोग गर्नका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले घरमै पुगेर सल्लाह सुझाव दिँदै आएका छन् । 

साँझ बिहानको खानाको जोहो मिलाउन नसक्ने विपन्न समुदायका सुत्केरीले पौष्टिक आहारको व्यवस्था गर्न नसक्ने अवस्था हुने भएकाले स्वास्थ्य चौकीबाटै पौष्टिक आहारका रुपमा घ्यू र अण्डा उपलब्ध गराउने व्यवस्था गरिएको नगर उपप्रमुख कल्पना पन्तले बताइन् ।

यसले सुत्केरी र शिशुको स्वास्थ्यमा सुधार भई कुपोषणको समस्या हटेर जाने विश्वास छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  १० : ०१ बजे

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार