धनकौल-५ का वडाध्यक्ष पूर्पक्षका लागि कारागार चलान « Khabarhub

धनकौल-५ का वडाध्यक्ष पूर्पक्षका लागि कारागार चलान


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको धनकौल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ । 

अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा वडाध्यक्ष महतोसमेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा वडाध्यक्ष महतोविरुद्ध मुद्दा दायर भएको थियो । 

मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएपछि अदालतको इजलासले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको न्यायधीश थापाले जानकारी दिएका छन् । उनका अनुसार मुद्दाको अन्तिम फैसला नहुँदासम्म महतोलाई पूर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो । 

स्थानीय तहको निर्वाचन २०७९ मा नेकपा(माओवादी केन्द्र)बाट महतो वडाध्यक्षमा निर्वाचित भएका थिए । अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई गौर कारागार, रौतहट चलान गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपेन्द्र पञ्जियार थारूले जानकारी दिएका छन्  । 

उनका अनुसार यस मुद्दामा अन्य केही व्यक्तिलाईसमेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ती व्यक्ति फरार रहेका र उनीहरूको खोजी जारी रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  १२ : २२ बजे

भारतद्वारा पहिलो निजी अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण

श्रीहरिकोटा – भारतले पहिलो पटक निजी क्षेत्रद्वारा निर्माण गरिएको अर्बिटल रकेट सफलतापूर्वक

उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज सम्पन्न

काठमाडौं– उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज–२०२६ सम्पन्न भएको छ । जिल्लाको

झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति

भद्रपुर– झापामा गत आर्थिक वर्षमा  प्राकृतिक विपद्का घटनामा ११ जनाको

गैरकानुनी रूपमा फुटवेयर कारोबार नगर्न वाणिज्य विभागको आह्वान

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा फुटवेयर (जुत्ता–चप्पल)

युक्रेनी आक्रमणपछि रूसमा इन्धन अभाव चर्कियो

मस्को- युक्रेनले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएपछि रूसका