जलवायु वार्तामा अमेरिकासँग सकारात्मक परिणाम आएको छ : चीन « Khabarhub

जलवायु वार्तामा अमेरिकासँग सकारात्मक परिणाम आएको छ : चीन


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले दुबईमा कोप २८ शिखर सम्मेलन हुनुभन्दा पहिला क्यालिफोर्नियामा अमेरिकासँग भएको जलवायुसम्बन्धी वार्तामा ‘सकारात्मक परिणाम’ आएको बिहीबार बताएको छ । चीन र अमेरिका विश्वका सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हुन् । 

बेइजिङको पारिस्थितिकीय तथा पर्यावरण मन्त्रालयका अनुसार अमेरिकी जलवायु दूत जोन केरी र उनका चिनियाँ समकक्षी झि झेनहुवाबीच बुधबार भएको कुराकानी ‘सफलतापूर्वक सम्पन्न’ भएको छ । 

‘दुवै पक्ष विचारहरूको विस्तृत र गहिरो आदानप्रदानमा संलग्न रहे र द्विपक्षीय जलवायु परिवर्तन सहयोग र कार्यको विकासमा सकारात्मक परिणाम हासिल गरे’, मन्त्रालयले भनेको छ, ‘बेइजिङ र वासिङ्टन कोप २८ सम्मेलनको सफलताका लागि संयुक्तरूपमा प्रयास गर्न सहमत भएका छन् ।’

कोप २८ शिखर सम्मेलनका लागि मुलुकहरू यसै महिनाको अन्त्यमा संयुक्त अरब इमिरेट्समा भेला हुनेछन् । विश्वव्यापी तापक्रमलाई सीमित गर्नका लागि आम सहमति बनाउनु शिखर सम्मेलनको उद्देश्य रहेको छ । विश्वमा सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जक चीनले सन् २०३० सम्ममा कार्बनडाइअक्साइडको अधिकतम उत्सर्जन गर्ने र सन् २०६० सम्ममा कार्बन तटस्थ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । 

उक्त प्रतिबद्धताले आफ्नो लक्ष्यलाई अधिक महत्त्वाकांक्षी बनाउन सक्छ भन्ने पश्चिमी कूटनीतिज्ञहरूको सुझावलाई चीनले खारेज गरेको छ । बेइजिङको पर्यावरण मन्त्रालयले धेरै शक्तिशाली हरितगृह ग्यास मिथेनको उत्सर्जनलाई रोक्नका लागि एउटा व्यापक तर अस्पष्ट योजना सुरु गरेको मंगलबार बताएको छ । 

उक्त योजनाले उसको उत्सर्जनलाई कम गर्नका लागि कुनै विशिष्ट लक्ष्य दिएको छैन । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  २ : २४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।