सहकारीले बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै  « Khabarhub

सहकारीले बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै 


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

झापा– गौरादह नगरपालिका-६ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो । 

बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य एक सय भए पनि सहकारीले ७० मै बिक्री गरिरहेको छ । गौरादह, गौरीगञ्ज, कमल र दमकबाट पनि फूल खरिदका लागि ग्राहक आउने गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताइन् । बजार मूल्यभन्दा सस्तोमा बेच्दा स्थानीय उपभोक्तालाई लाभ पुग्ने र संस्थालाई पनि घाटा नहुने हुँदा सस्तो मूल्य निर्धारण गरिएको उनले बताए । सहकारीले पाँच कठ्ठा जग्गामा सयपत्री फूलखेती गरेको थियो ।

सहकारीले मुनाफाका लागि आउने बिचौलियालाई यसपालि तिहारमा फूल नबेच्ने र स्थानीय वरपरका पालिकाका उपभोक्तालाई सिधै बिक्री गर्ने नीति लिएको थियो। उपभोक्ता महँगोमा नपरून् भनेर बिचौलियालाई फूल नबेचेको अध्यक्ष ढकालको जिकिर थियो । भारतबाट तिहारका लागि आउने फूल निरुत्साहित गर्न सहकारीले फूलखेती गरेको र आफ्ना सदस्यलाई पनि सयपत्री फूलमा आत्मनिर्भर बन्न प्रोत्साहित गरिरहेको जनाएको छ । 

‘सहकारीले उपभोक्तालाई सहुलियत मूल्यमा फूल र यसबाट बनेको माला बेच्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ अध्यक्ष ढकालले भने–’त्यसैअनुसार हामीले बजारभन्दा सस्तो मूल्य निर्धारण गरेका छौंँ ।’ 

पहिलो पटक परीक्षणका लागि सयपत्री फूलको खेती गरे पनि अर्को वर्ष खेती विस्तार गरेर जिल्लाभर पुग्ने माला उत्पादन गर्ने सोच बनाएको उनको भनाइ थियो । संस्थाका प्राविधिक मनोज भट्टराईका अनुसार सहकारीले लक्ष्मीपूजा र भाइटीकाको लागि दुई सय मालाको फूल अग्रिम अर्डरसमेत लिइसकेको छ । 

सहकारीको फूलबारीमा ठूला आकारका एकै दरका थुँगा सयपत्री फूलेका छन् । सहकारीले प्रति थुँगाको मूल्य दुई तोकेको छ । यहाँको सयपत्री फूलखेतीमा फोटो खिचाउनसमेत स्थानीय युवायुवती आउने गरेका छन् । झापामा तिहार र छठ पर्वमा धेरै मात्रामा सयपत्री फूल खपत हुने गरेको छ । सयपत्री फूलको खेतीमा बजारको समस्या नभएको उनको भनाइ थियो ।

यसैगरी मेचीनगर नगरपालिका–४ मा वडा कार्यालयले आफ्नै लगानीमा फूलखेती गरेको छ । आफ्नो वडामा बाहिरबाट फूल खरिद गर्नु नपर्ने वडाध्यक्ष अर्जुन कार्कीले बताए । बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा समेत सयपत्री फूलको तिहार लक्षित व्यावसायिक खेती भइरहेकाले  झापा यसवर्ष फूलमा आत्मनिर्भर बन्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  २ : ३४ बजे

अदालत पुगेको सुनकोशी–मरिन विवाद कहिले होला समाधान ?

काठमाडौं- छ महिना यता सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अस्तव्यस्त

‘जेन-जी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ

गण्डकी– गत भदौ २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट

बुटवल–नारायणगढ सडक : पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

मध्यविन्दु– बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा

सरकारी अस्पतालमा दुई दिन बिदा कायम, आकस्मिक सेवा २४ सै घण्टा

काठमाडौं– सरकारी अस्पतालहरूको ओपीडी सेवा अब शनिबार र आइतबार बन्द

प्रहरी निरीक्षक लामाको अन्त्येष्टिमा पुगे गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ प्रहरी निरीक्षक अभय लामाको अन्त्येष्टिमा सहभागी