जनयुद्धको मर्मलाई कसैले दबाउन सक्दैन : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

जनयुद्धको मर्मलाई कसैले दबाउन सक्दैन : प्रधानमन्त्री प्रचण्ड


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको मर्मलाई कसैले दबाउन नसक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वितीय रहेको भन्दै जनयुद्धको मर्मलाई कसैले दबाउन नसक्ने बताएका हुन् ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले आधुनिक नेपाल निर्माणको प्रक्रिया नेपाली इतिहासको ऐतिहासिक परिघटना भएकाले पृथ्वी जयन्तीलाई बिदा दिने निर्णय गराएको स्पष्ट पारे ।

प्रचण्डले तत्कालीन अवस्थामा संयुक्त राष्ट्रसंघको बैठकमा नेपालको राजनीतिक अवस्थामा बारेमा भ्रमण छर्ने राजा–महाराजाको सपनालाई आफूले एकलौटी तीन महिने युद्ध विराम घोषणा गरेर रोकेको जिकिर गरे । 

त्यही युद्धबिरामभित्र सात राजनीतिक दलहरूसंग वार्ता भएर १२ बुँदे सहमति भएको उनले बताए । प्रचण्डले पूर्वउपराष्ट्रपति पुनले लेखेको  पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारिताको प्रतीक भएको बताए । आफ्नो जिम्मेवारीप्रति कहिल्यै लापरवाही नगर्ने र जनयुद्धकाल र शान्ति प्रक्रियामा पनि आफ्नो आदेशलाई जस्ताको तस्तै लागू गर्ने एक जना नेता पुन भएको उनले स्मरण गरे । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ६ : ०९ बजे

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स ज्योति