दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा रेशम चौधरीलाई आममाफीविरुद्ध रिटको पेसी स्थगित, संघीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र, प्रधानमन्त्री र सीपीसी तिब्बतका सचिव छुङछेङबीच भेटवार्ता, एसियाका बैंकलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह, सरकारले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने, सनिल नेपाल राजदूत सिफारिस, सन्दीप लाछिानेविरुद्धको मुद्दामा बहस नोट मागलगायतका समाचारले प्रमुख स्थान पाए ।

रेशम चौधरीलाई आममाफीविरुद्ध रिटको पेसी स्थगित
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आजको पेसी स्थगितको सूचीमा परेको छ ।

संघीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र
मधेस-प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष संघीयता कार्यान्वयनका सम्बन्धमा छ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।

प्रधानमन्त्री र सीपीसी तिब्बतका सचिव छुङछेङबीच भेटवार्ता
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स ९यूएई०का लागि तय भएको भ्रमण स्थगित गरेका छन् ।

एसियाका बैंकलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न एसियाका बैंकहरूलाई आग्रह गरेका छन् । आजदेखि यहाँ सुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा अर्थमन्त्री डा महतले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको भन्दै एसियन मुलुकका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)समक्ष लगानी गर्न आह्वान गरे ।

सरकारले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने, सनिल नेपाल राजदूत सिफारिस
सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

बागमती प्रदेशसभाबाट दुई विधेयक प्रमाणीकरण
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाबाट पारित भई आएका दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

जनयुद्धको मर्मलाई कसैले दबाउन सक्दैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको मर्मलाई कसैले दबाउन नसक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वितीय रहेको भन्दै जनयुद्धको मर्मलाई कसैले दबाउन नसक्ने बताएका हुन् ।

अधिकार नदिए सिंहदरबारमा धर्ना दिने : मुख्यमन्त्री कार्की
कोशी प्रदेशसभाको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पाएको छ ।

सन्दीप लाछिानेविरुद्धको मुद्दामा बहस नोट माग
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ ।

लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट पेश गर्न आदेश दिएको हो ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग ७० दिनपछि खुल्यो
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग ७० दिनपछि खुलेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ९ : ०० बजे

प्रधानमन्त्रीसँग बंगलादेशका वातावरणमन्त्रीको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बंगलादेशका वातावरण, वन तथा

इजरायल–हामास वार्ता पुनः सुरु गर्न संयुक्त राष्ट्र संघका राजदूतको आह्वान

काठमाडौं– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष संयोजक टोर

कान्तिपुरको कार्यालयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, सिरोहियालाई धनुषा लगिँदै

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएसँगै वरिष्ठ

खानेपानी मन्त्रीसँग ७ गाई, ६३ बाख्रा 

काठमाडौं– भनिन्छ, नेपाल कृषि प्रधान देश हो । शायद यही

खेलकुदमन्त्री श्रेष्ठको सम्पत्ति : १५ तोला सुन र काठमाडौंमा जग्गा

काठमाडौं– युवा तथा खेलकुद मन्त्री विराजभत्त श्रेष्ठ सम्पत्तिमा मध्यमस्तरका देखिएका