नक्सालमा दुई अर्ब लगानीको ‘होलिडे इन एक्सप्रेस’ होटल सञ्चालनमा « Khabarhub

नक्सालमा दुई अर्ब लगानीको ‘होलिडे इन एक्सप्रेस’ होटल सञ्चालनमा


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ सञ्चालनमा आएको छ । दुई अर्ब लगानी रहेको होटलको उद्घाटन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गरेका हुन्।

उनले नेपालमा पर्यटक धेरै आउने भएकाले होटल देशकै ऐना भएको बताए। होटलमा व्यवसायी नरेशलाल श्रेष्ठ, महेश्वर श्रेष्ठ र सुजित श्रेष्ठको लगानी रहेको छ ।

होटलका अध्यक्ष नरेशलाल श्रेष्ठले उद्घाटन कार्यक्रममा भने, ‘हामी तीन जनाले चार वर्षपछि यो अन्तर्राष्ट्रिय ब्रान्डको होटल नेपालमा भित्राएका हौं । होलिडे इन एक्सप्रेस’ ब्रान्डको होटल नेपालमा यो पहिलो हो ।

‘होलिडे इन एक्सप्रेस काठमाडौं’मा अहिले पौडी पोखरी राखिनसकेको बताउँदै उनले अर्को वर्षसम्म यस्तो पोखरी तयार हुने बताए । यो ब्राण्डको होटल विश्वका ११० देशमा रहेको बताउँदै श्रेष्ठले होटलको सेवा, सुविधा, गुणस्तर निकै राम्रो रहेको दावी गरे ।

‘यस होटलको एउटा विशेषता भनेको शौचालयबाट जति पनि फोहोर निस्किन्छ, त्यो सिधै ढलमा जाँर्दैन् । हामी त्यसलाई रिसाइकल गरेर मात्र पठाउँछौं’ उनले भने । सय वटा कोठाहरु रहेको यो होटलमा दुई वटा ब्याङक्वेट हल, दुई वटा रेस्टुरेन्ट छन् भने अहिले ५० जना कर्मचारी राखिएको छ ।

कुल चार रोपनी क्षेत्रफलमध्ये दुई रोपनीमा होटल निर्माण भए पनि बाँकीमा चाँडै दोस्रो चरणको काम हुने बताउँदै उनले सो ठाउँमा ब्याङक्वेट हल, पौडी पोखरी निर्माण गरिने बताए ।

कार्यक्रममा व्यवसायी, होटल व्यवसायी, पर्यटन व्यवसायी, पत्रकार, भ्लगर, बाइक राइडर्सको सहभागिता थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ८ : २४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।