नक्सालमा दुई अर्ब लगानीको ‘होलिडे इन एक्सप्रेस’ होटल सञ्चालनमा | Khabarhub Khabarhub

नक्सालमा दुई अर्ब लगानीको ‘होलिडे इन एक्सप्रेस’ होटल सञ्चालनमा


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ सञ्चालनमा आएको छ । दुई अर्ब लगानी रहेको होटलको उद्घाटन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गरेका हुन्।

उनले नेपालमा पर्यटक धेरै आउने भएकाले होटल देशकै ऐना भएको बताए। होटलमा व्यवसायी नरेशलाल श्रेष्ठ, महेश्वर श्रेष्ठ र सुजित श्रेष्ठको लगानी रहेको छ ।

होटलका अध्यक्ष नरेशलाल श्रेष्ठले उद्घाटन कार्यक्रममा भने, ‘हामी तीन जनाले चार वर्षपछि यो अन्तर्राष्ट्रिय ब्रान्डको होटल नेपालमा भित्राएका हौं । होलिडे इन एक्सप्रेस’ ब्रान्डको होटल नेपालमा यो पहिलो हो ।

‘होलिडे इन एक्सप्रेस काठमाडौं’मा अहिले पौडी पोखरी राखिनसकेको बताउँदै उनले अर्को वर्षसम्म यस्तो पोखरी तयार हुने बताए । यो ब्राण्डको होटल विश्वका ११० देशमा रहेको बताउँदै श्रेष्ठले होटलको सेवा, सुविधा, गुणस्तर निकै राम्रो रहेको दावी गरे ।

‘यस होटलको एउटा विशेषता भनेको शौचालयबाट जति पनि फोहोर निस्किन्छ, त्यो सिधै ढलमा जाँर्दैन् । हामी त्यसलाई रिसाइकल गरेर मात्र पठाउँछौं’ उनले भने । सय वटा कोठाहरु रहेको यो होटलमा दुई वटा ब्याङक्वेट हल, दुई वटा रेस्टुरेन्ट छन् भने अहिले ५० जना कर्मचारी राखिएको छ ।

कुल चार रोपनी क्षेत्रफलमध्ये दुई रोपनीमा होटल निर्माण भए पनि बाँकीमा चाँडै दोस्रो चरणको काम हुने बताउँदै उनले सो ठाउँमा ब्याङक्वेट हल, पौडी पोखरी निर्माण गरिने बताए ।

कार्यक्रममा व्यवसायी, होटल व्यवसायी, पर्यटन व्यवसायी, पत्रकार, भ्लगर, बाइक राइडर्सको सहभागिता थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ८ : २४ बजे

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६

धादिङ र तनहुँमा दुई जना मृत अवस्थामा फेला

काठमाडौं– धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित त्रिशूली नदी किनारामा हाल नाम, थर

बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई ‘बाइपास’ गर्न खोज्दा काठमाडौंको बजेट झन् अन्योलमा

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्रोत अनुमान तथा बजेट सीमा