विवाहको १२ वर्षपछि हनी सिंहको सम्बन्धविच्छेद « Khabarhub

विवाहको १२ वर्षपछि हनी सिंहको सम्बन्धविच्छेद


२३ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतका चर्चित र्‍यापर हनी सिंहले सम्बन्धविच्छेद गरेका छन् । बिहे गरेको १२ वर्षपछि श्रीमती शालिनी तलवारसँग हनीले पारपाचुके गरेका हुन् ।

लामो समयसम्म उनी आफ्नो विवाहित जीवनलाई लिएर चर्चामा थिए । दिल्लीको फ्यामिली कोर्टले सिंह सम्पत्तिलाई अलग्गिने मन्जुरी दिएको छ । साढे २ वर्षदेखि सम्बन्ध विच्छेदको मुद्दा अदालतमा विचाराधीन थियो ।

शालिनीले हनीलाई घरेलु हिंसाको आरोप लगाएकी थिइन् । अदालतले सम्बन्धविच्छेदलाई अनुमति दिनु अघि हनीलाई अन्तिम पटक अब पनि पत्नीको साथमा रहने कोसिस गर्न चाहन्छौँ ? भनेर सोधेको थियो । यसको उत्तरमा उनले अब पनि साथमै बस्नु कुनै औचित्य नभएको उत्तर दिएका थिए ।

शालिनीले पनि हनीको उत्तरमा सहमति जनाएकी थिइन् । दुबैले एक अर्कामाथि लगाएको आरोप फिर्ता लिएका छन् । हनी र शालिनीले लभ म्यारिज गरेका थिए । लामो समयसम्म एक अर्कालाई डेट गरेपछि सन् २०११ मा सिख रीतिरिवाजअनुसार दुबैको बिहे भएको थियो ।

शालिनीसँग उनको अफेयरको चर्चा चल्न थालेपछि एउटा रियालिटी शोमा हनीले आफूले शालिनी आफ्नो पत्नी भएको अनि बिहे भएको तीन वर्ष भइसकेको खुलासा गरेका थिए ।

सोत: एएनआई

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ८ : २९ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि