प्रथम महिला समाचार वाचक कृष्णा ताम्राकार | Khabarhub Khabarhub

प्रथम महिला समाचार वाचक कृष्णा ताम्राकार

रेडियो नेपाल र समाचार वाचन शैली



कृष्णा ताम्राकार भन्ने बित्तिकै धेरैको स्मरणमा रेडियो नेपालको साढे २ बजेको गर्विलो आवाज आउँछ।

‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्’, ‘ऐ रेडियो नेपाल हे, औंर कृष्णा ताम्राकार सें समाचार सुनिए’, ‘ठ रेडियो नेपाल ख, आ कृष्णा ताम्राकार पाखा समाचार निनादेश’ यो आवाज रेडियो नेपालमा ३० औं वर्ष गुन्जियो।

व्यक्तित्वको हिसाबले एउटा रेडियोमा कार्यक्रम चलाउने, समाचार वाचन गर्ने व्यक्तिको व्यक्तित्व एउटा राष्ट्रमा नेताको भन्दा पनि फराकिलो भएको सायद कृष्णा ताम्राकारको नै हो।

कृष्णा ताम्राकार रेडियो नेपालमा शेखर मानन्धरको सिफारिसमा प्रवेश गरिन्। शेखर मानन्धर पनि आफै बाहिर पढेर आएकाले हिन्दी भाषाको प्रभाव र बोलीमा उनको पकड थियो। कृष्णा ताम्राकारलाई त्यही शैलीमा समाचार भन्न प्रेरित गरे।

व्यक्तित्वको हिसाबले एउटा रेडियोमा कार्यक्रम चलाउने, समाचार वाचन गर्ने व्यक्तिको व्यक्तित्व एउटा राष्ट्रमा नेताको भन्दा पनि फराकिलो भएको सायद कृष्णा ताम्राकारको नै हो।

त्यतिबेलाको रेडियो नेपालमा हिन्दीमा कार्यक्रम चलाउने लोकप्रिय प्रस्तोता मध्ये अर्का व्यक्तित्व थिए तुलसीनाथ ढुङ्गेल। उनको हिन्दीको गीति कथा, शेखर मानन्धरको समाचार विश्लेषण र कृष्णा ताम्राकारको समाचार वाचन लोकप्रिय रह्यो।

कृष्णा ताम्राकारले हिन्दीमा समाचार पढिरहेको सुनेर देरादुनमा अध्ययन गरेर फर्केर आएर बसेका चेतन कार्कीले उनलाई भेट्ने बित्तिकै ‘तपाईंको हिन्दी एकदम राम्रो छ। तपाईंले ए रेडियो नेपाल हे भन्ने र ए भन्नेमा शब्दमा शुद्धता ल्याउनुपर्छ’ भनेदेखि ताम्राकारले पछिसम्म पनि चेतन कार्कीलाई आफ्नो भाषा शुद्धता र सम्पादकको महत्त्वपूर्ण भूमिकाको लागि धन्यवाद दिने गरेकी थिइन्।

त्यसबाहेक ताम्राकारले आफ्ना विभिन्न अन्तर्वार्तामा आफ्ना टोलका एक जना श्रोता ‘साइला दाइ’ नामका व्यक्तिबाट पनि आफूले धेरै समाचार कसरी पढ्ने भन्ने ज्ञानगुनका कुरा सिक्न पाएको बताएकी थिइन्।

ताम्राकार नेपालमा समाचार पढेर लोकप्रिय हुने व्यक्तित्वमध्ये पहिलो त थिइन नै तर समाचार पढेर नै ख्याति प्राप्त भएर त्यति बेलाको चर्चित समीक्षा साप्ताहिकको पहिलो पृष्ठमा उनको कार्टुन छापेर व्यंग्य पनि गरिएको थियो।

समाचारमा उनले राख्ने अदम्य शैलीको आवाज समाचार सुन्ने श्रोतालाई गरिने एक किसिमको दमित गालीवान् प्रभावले गर्दा समीक्षा साप्ताहिकका सम्पादक मदनमणि दीक्षितले उनको कार्टुन सहितको एउटा आवरणमा लेख छापेका थिए। यो लेखपछि निकै लोकप्रिय भयो। यो कार्टुन सहितको लेखपछि नै कृष्णा ताम्राकारलाई मदनमणि दीक्षित स्वयम्ले समीक्षा साप्ताहिकको भित्री पृष्ठमा एक पेज भन्दा लामो अन्तर्वार्ता छापेका थिए। त्यो अन्तर्वार्ताका प्रसङ्गमा उनले धेरै पटक आफू समाचार पढ्दा पढ्नै कुनैकुनै प्रिय नेताको मृत्युपछि समाचार पढ्नुपर्दा समाचार स्थलमै झन्डै अश्रुपूर्ण भएको कुरा अभिव्यक्त गरेकी छन्। एउटी नेपाली महिला सादा सारी र नेपाली पोसाकमा शालिन तरिकाले समाचार पढ्ने र पढ्नु भन्दा अगाडि आफूले पढ्ने शब्दको शुद्ध व्याख्याको ज्ञान राखेर माइक्रो फोनमा आउने गरेको सुनाएकी छन्।

ताम्राकार नेपालमा समाचार पढेर लोकप्रिय हुने व्यक्तित्वमध्ये पहिलो त थिइन नै तर समाचार पढेर नै ख्याति प्राप्त भएर त्यति बेलाको चर्चित समीक्षा साप्ताहिकको पहिलो पृष्ठमा उनको कार्टुन छापेर व्यंग्य पनि गरिएको थियो।

उनले पढ्ने समाचारमा विदेशी नेताहरूको नामको शुद्धता, देशका नामको उद्घोषण यति सशक्त हुन्थ्यो कि त्यो नै नेपाली श्रोतालाई पाठ जस्तै हुन्थ्यो। उनलाई धरैले समाचार वाचकका रूपमा मात्र चिनेको पाइन्छ। पञ्चायत कालमा जब रेडियो नेपालले गाईजात्रा महोत्सवमा गरिने जस्तै व्याङ्ग्य रहेको कार्यक्रम पञ्चरंगी सुरु गर्यो। त्यो पनि ताम्राकारे नै सुरु गरेकी थिइन्।

उनले सुरु गरेको पञ्चरंगी कार्यक्रमको प्रभाव मै रेडियो नेपालले शुक्रबारको साँझ सुरु हुने रसरङ्ग कार्यक्रम सुरु गर्यो। पछि त्यही शैली त्यसलाई पाण्डव सुनुवार वा अन्य प्रस्तोताले अपनाएका थिए। ताम्राकारको निधन भएपछि रेडियो नेपालका वरिष्ठ समाचार वाचक तीर्थ भण्डारीले आफ्नो सामाजिक सञ्जालमा लेखे, ‘मैले समाचार पढ्दा पनि दिदीबाट मलाई धेरै शिक्षा निर्देशन र सल्लाह आउने गर्दथ्यो। मैले आफ्नो गुरुआमा गुमाए।’

तीर्थ भण्डारी जो आफै समाचार पढ्दा पनि शब्द शुद्ध हुनुपर्छ भन्ने माग गर्दछन्। उनले हिन्दी शब्दको प्रयोगलाई बहिष्कार गरेका छन्। उनले ‘बल्की’, ‘नजरअन्दाज’ जस्ता शब्दहरू राखिनु हुँदैन भन्दथे। उनी स्वयम्ले कृष्णा ताम्राकारलाई आफ्नो आदर्श मान्दछन्।

कृष्णा ताम्राकारले समाचार, पंञ्चरंगी र रसरङ्गबाहेक अर्को रोचक कार्यक्रम चलाइन। जुन त्यति बेला रेडियो नेपालमा अन्तर संस्थान हाजिरी जवाफ प्रतियोगिता हुन्थ्यो। हाजिरी जवाफ प्रतियोगितामा प्रश्न कसरी सोध्ने र उत्तर कसरी दिने र श्रोतालाई कसरी आकर्षित गर्ने भन्ने कुराको कृष्णा ताम्राकारले सुरु गरेको जस्तो शैली अरु बिरलैमा पाइन्छ।

कृष्णा ताम्राकारसँग आफ्नो निकटता परिचय भएका आधारमा पनि उनका अनुज, अग्रज र सहकर्मी अनुशासन र भाषाको शुद्धताका लागि एकदमै प्रशंसा गर्छन्। उनले ‘मास्टर अफ सेरो’ भन्ने कार्यक्रमको आफै कमान्डर भएर सञ्चालन गर्ने गर्थिन्।

कृष्णा ताम्राकारले समाचार, पंञ्चरंगी र रसरङ्गबाहेक अर्को रोचक कार्यक्रम चलाइन। जुन रेडियो नेपालमा अन्तर संस्थान हाजिरी जवाफ प्रतियोगिता हो।

रेडियो नेपालको लामो इतिहास। दिउँसोको समाचार पढ्दा विषेश गरेर ट्राफिक हुन्छ। स्कुलहरू चलिरहेको हुन्छन्, हल्ला हुन्छ। बाटोमा गाडी गुडेको आवाज हुन्छ। यो सबैका बाबजुद पनि कृष्णा ताम्राकारको आवाज जब रेडियो नेपालबाट गुन्जिन्थ्यो, त्यतिबेला बाटोमा उनको समाचार सललल बगेको जस्तो लाग्थ्यो ।

रेडियो नेपालको समाचारपछि उनको हास्यव्याङ्ग्य कार्यक्रम पञ्चरंगी, रसरङ्ग, हाजिर जवाफ प्रतियोगिता र वन सम्बन्धी कार्यक्रम सञ्चालन गरिन्। रेडियो नेपालबाट बाहिर आएपछि निजी क्षेत्रको रेडियो इमेज एफएममा आँखा सम्बन्धी र आँखालाई केन्द्रबिन्दुमा राखेर बनाएको उज्यालो भन्ने कार्यक्रम चलाइन्।

उनको त्यो रेडियोको कार्यक्रम उज्यालो निकै लोकप्रिय रह्यो। उज्यालोमा उनी समाचार पढेको शैली भन्दा फरक रूपमा वार्तामुलक ढंगले प्रस्तुत भएकी थिइन्। मान्छेको बारेमा जान्ने, जिज्ञासा राख्ने र अभिप्रेरित गर्ने सन्दर्भमा उनी कार्यक्रम चलाउने गर्थिन्। संयोगले त्यो कार्यक्रममा मैले पनि अन्तर्वार्ता दिने मौका पाएको थिएँ। त्यहाँ उनले आफ्नो त्यो कार्यक्रमको नाम कसले राखिदिएको हो भनेर आभार व्यक्ति गरेकी थिइन्। ती व्यक्ति हुन् चेत कार्की।

रेडियो नेपाल पञ्चायतको समय गैर नेपाली भाषी वा आफ्नो मातृभाषा नेपाली नभएको व्यक्तिले गरेको तारिफ बिरलैको हुन्थ्यो। त्यो कृष्णा ताम्राकारले मात्र पाउन सकिन्छ।

जीवनका धेरै क्षण प्रशिक्षणमा घाम, छायामा उनले चेतन कार्कीलाई सल्लाहकारका रूपमा, अभिभावकका रूपमा स्वीकार गरेको कुरा सत्य नै हो। तर एक समय कृष्णा ताम्राकारको समाचारको बोलीको व्यापक आलोचना भइरहेको बेला पनि चेतन कार्कीले उनको शुद्धता र व्यक्तित्वको तारिफ गरेको कुरा कहिल्यै भुल्न सकिनन्।

रेडियो नेपाल पञ्चायतको समय गैर नेपाली भाषी वा आफ्नो मातृभाषा नेपाली नभएको व्यक्तिले गरेको तारिफ बिरलैको हुन्थ्यो। त्यो कृष्णा ताम्राकारले मात्र पाउन सकिन्छ। कृष्णा ताम्राकारप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : ४० बजे

नेपालबाट बंगलादेशसम्म बिजुली निर्यात उपक्षेत्रीय सहयोगको उदाहरण : मोदी

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय ग्रिड हुँदै नेपालबाट

करण परियारले जिते नेपाल आइडल सिजन–५ को उपाधि

काठमाडौं – गायन रियालिटी शो नेपाल आइडल सिजन-५ को उपाधि

ब्युटीपार्लरमा काम दिने बहानामा नाबालिकालाई यौनधन्दामा लगाउने दुईजना पक्राउ

काठमाडौं – नाबालिकालाई ब्युटीपार्लरमा काम दिने भनी फसाएर काठमाडौँका विभिन्न

‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’

बागलुङ – बागलुङको काठेखोला गाउँपालिकाले गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नारासहितको

कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह

काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग