एथलेटिक्स टोली हङकङ जाने « Khabarhub

एथलेटिक्स टोली हङकङ जाने


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २२औँ यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित आठ सदस्यीय नेपाली टोली मंगलबार हङकङ जाने भएको छ ।
    
मे २८ देखि ३१ तारिखसम्म हुने उक्त प्रतियोगितामा तीन पुरुष र दुई महिला खेलाडीले नेपालबाट प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ बादल कार्कीले एक हजार ५०३ हजार मिटर दौड तथा प्रवीण रानाले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । 

यसैगरी महिलामा अनुष्का अधिकारीले १००-२०० मिटर दौड, नारायणी भण्डारीले ८००-एक हजार ५०० मिटर दौड र सङ्गीता विकले ४००-८०० मिटर दौडमा भाग लिने छन् ।

टोलीको प्रशिक्षकमा रामबहादुर ओली तथा व्यवस्थापकमा गजबहादुर गुरुङ र दिलबहादुर बम रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाई गरे। 

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ७ : ५० बजे

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

मेक्सिको- मेक्सिकोको मध्य क्षेत्रमा रहेको मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका

दुई नायिकाको फ्लप डेब्यू

काठमाडौं – नायिकाको प्राइम करिअर ओझेलमा परेपछि प्रियंका कार्की र

पाक्नै लागेको धानबाली नष्ट, भक्तपुरका किसान दुःखी

भक्तपुर– गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा