हर्क साम्पाङले बनाएको श्रम संस्कृति पार्क पर्यटकीय गन्तव्य बन्दै | Khabarhub Khabarhub

हर्क साम्पाङले बनाएको श्रम संस्कृति पार्क पर्यटकीय गन्तव्य बन्दै


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

धरान- सुनसरीको धरान उपमहानगरपालिका–१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् । उद्यान वरपर गरिएको वृक्षरोपणले सबैको मन आनन्दित हुन्छ । पहिला बगर र झाडी भएको ठाउँमा अहिले फूल र बोटबिरुवा हुर्केका छन् । काठमाडौंबाट साथी धनरत्न महर्जनका साथमा उद्यान घुम्न पुगेका राजेन्द्र राई खेर गएको ठाउँको सदुपयोग गरेर आकर्षक उद्यान निर्माण गरेको थाहा पाएपछि औधी खुसी भए ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र उनका सहयोगीले निर्माण गरेको उद्यान पछिल्लो समय धरानको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । सर्दु खोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा बनाइएको छ । बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काट्ने आरा धरानको नमूना निर्माण गरिएको छ । त्यसको छेउमा किरात संस्कृतिमा महत्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने धारा बनाइएको छ ।

उद्यानको वरिपरि विभिन्न मनकारीले आफन्तका नाममा पर्यटकलाई बस्न मिल्ने गरी फाइबरका फलैँचा र कुर्सी निर्माण गरिदिएका छन् । उद्यानका ठाउँठाउँमा ‘साउन्ड बक्स’ राखिएका छन् । त्यसबाट सङ्गीतको धुन गुञ्जिरहेको हुन्छ । शान्त र सुन्दर वातावरणमा सुमधुर सङ्गीतको धुनले त्यहाँ पुग्ने पर्यटकको मनै आनन्दित हुन्छ । उद्यानमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म घुम्नका लागि पुग्ने गरेका छन् । उद्यान युवापुस्ताका लागि साथीहरुसँग घुम्ने आकर्षक गन्तव्य बनेको छ ।

इटहरीकी रमा लिम्बु साथीहरुको समूहमा उद्यान घुम्न पुगिन् । “यहाँ फूल संरक्षण गरिएको साह्रै मनपर्छ”, उनले भनिन्, “खानेपानी, शौचालयलगायत सुविधा छ, यहाँ बारम्बार आउन मन लाग्छ ।” उद्यान निर्माण हुनभन्दा पहिला सर्दु खोला पुल छेउमै बिपी उद्यान र ओशो उद्यान निर्माण गरिएका थिए । धरानमा पुराना रङ्गकर्मी तथा निर्देशक खगेन्द्र पन्धाक र गायक कञ्चन थलङ यो क्षेत्र पदयात्राका लागि पनि उपयुक्त भएको बताउँछन् ।

“यहाँबाट भेडेटारसम्मको पदमार्ग निर्माण गरेर यो उद्यानलाई प्रस्थान विन्दु बनाए पर्यटनको विकासमा मद्दत पुग्छ”, गायक थलङले भने । उद्यानमा नियमित पुगिरहने रङ्गकर्मी तथा निर्देशक पन्धाक धरानमा नयाँ पर्यटकीयस्थल थपिएकामा खुशी छन् । “यो ठाउँमा उद्यान निर्माण भएपछि धरानको पानीको स्रोत पनि संरक्षण भएको छ”, उनी भन्छन् ।

धरान उपमहानगरपालिकाले उद्यान, यस क्षेत्रमा भएको वृक्षरोपण र खानेपानीको मुहान संरक्षण गर्न दैनिक छदेखि सात जना नगर प्रहरी परिचालन गर्ने गरेको छ । उद्यान क्षेत्रमा खटिएकी नगर प्रहरी कविता कार्कीका अनुसार यो क्षेत्र घुम्न दैनिक दुई सयदेखि तीन सय आन्तरिक पर्यटक आउने गरेका छन् । उद्यान घुम्न नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारतका सिक्किम, दार्जिलिङदेखि पनि पर्यटक आउने गरेका छन् । स्वतन्त्र नागरिक समाजको अगुवाइमा चौतारा निर्माण गरिएको छ । दाताको रु ११ लाख सहयोग जुटाएर चौतारा निर्माण गरिएको हो ।

चौतारामा सुस्ताउँदै गरेको भेटिएकी  बेलायतबाट आएकी देविका राई (लिम्बू) आफूले सानो छँदा देखेको खोलाको बगर र झाडीमा अहिले ढकमक्क फूल फूलेको र उद्यान बनेको देखेर हर्षित छिन् । बेलायतबाट आएका धरान समाज युकेका सल्लाहकार किरणकुमार सुब्बा उद्यान धरानको पर्यटन विकासका लागि महत्वपूर्ण माध्यम बनेको बताउँछन् । उद्यान निर्माणका लागि उनले रु तीन लाख सहयोग जुटाएका थिए । उद्यानमा न्यूनतम प्रवेश शुल्क राखेर त्यसबाट उठ्ने रकमले यसको व्यवस्थापन गर्नुपर्ने सुब्बाको सुझाव छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ४ : ५० बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको