बिजुली बिक्रीबाट आम्दानी हुन थाल्यो : सिँचाइमन्त्री बस्नेत « Khabarhub

बिजुली बिक्रीबाट आम्दानी हुन थाल्यो : सिँचाइमन्त्री बस्नेत


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेनी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली बिक्रीबाट आम्दानी गर्ने ठाउँमा पुगेको बताएका छन् । समाजवादी मोर्चा नेपाल म्याग्दीले आज बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै ऊर्जामन्त्री बस्नेतले यस्तो बताए ।

अबको दुई वर्षभित्र नेपालले बिजुली बिक्रीबाट आम्दानीमात्रै गर्ने र बिजुली खरिद गर्न नपर्ने अवस्था आउने उनले बताएका छन् । नेपालबाट गत वर्ष रु १० अर्बको बिजुली बिक्री भएको र २० अर्बको खरिद भएको जानकारी दिँदै मन्त्री बस्नेतले यो वर्ष नेपालले बिजुली बिक्रीबाट आम्दानी गर्ने दाबी गरे ।

‘यो वर्ष हालसम्म रु १४ अर्बको विद्युत् बिक्री भइसकेको छ, जेठ र असारसम्म पुग्दा रु १८ अर्बसम्मको हामीले विद्युत् बिक्री गर्ने लक्ष्य राखेका छौँ, यो वर्ष नेपालले बाहिरबाट बढीमा रु १२ अर्बको मात्रै खरिद गरे पुग्छ, हामी यसै वर्षदेखि बिजुली बेचेर आम्दानी गर्ने अवस्थामा पुग्दैछौँ’, मन्त्री बस्नेतले भने।

म्याग्दीका सबै घरधुरीमा केन्द्रीय विद्युतीकरणको पहुँच पुर्‍याउन आवश्यक बजेट विनियोजन गरेर कार्यक्रम अघि बढेको जानकारी दिँदै मन्त्री बस्नेतले नेपाल अँध्यारोमुक्त बन्ने बाटोमा रहेको बताए । म्याग्दीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको राहुघाट जलविद्युत् आयोजनमा स्थानीयलाई शेयरको सुनिश्चित गर्नेसमेत उनले प्रतिबद्धता जनाए । 

मन्त्री बस्नेतले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको जिकिरसमेत गरे । ‘सरकार गठन हुँदाको अवस्था र अहिले धेरै फरक भएको छ, सबै सूचकहरूको विश्लेषण गर्दा मुलुकको आर्थिक अवस्था लयमा फर्कन लागेको देखिएको छ, यो सरकारले गरेको सकारात्मक काम हो’, मन्त्री बस्नेतले भने। उनले व्यापार घाटा न्यूनीकरण, मूल्यवृद्धि नियन्त्रण र रोजगारका अवसर सिर्जना गर्नेतर्फ सरकारले ध्यान केन्द्रित गरेको बताए ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिवसमेत रहेका नेता बस्नेतले नेपालको नयाँ संविधानमा समाजवादउन्मुख अर्थव्यवस्थालाई स्वीकार गरेकाले अबको ध्यान समाजवाद निर्माणमा केन्द्रित हुने बताए। उनले समाजवादी मोर्चामा सरकार र सरकार बाहिरका दलसमेत आबद्ध रहेकाले मुलुकमा समाजवाद निर्माण गर्न सरकार, संसद् र सडकबाट रचनात्मक भूमिका खेल्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ५ : ३६ बजे

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना