एनएसएलमा बुटवल लुम्बिनीले काठमाडौंलाई हरायो, धनगढी र इलामको बराबरी « Khabarhub

एनएसएलमा बुटवल लुम्बिनीले काठमाडौंलाई हरायो, धनगढी र इलामको बराबरी


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिङ इलामले २–२ गोलको बराबरी खेलेका छन् भने दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले काठमाडौं रेन्जर्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

पहिलो खेलमा २–१ गोल अन्तरले पछि परेको धनगढी कमब्याक गर्दै हारबाट जोगिएको हो । धनगढीका लागि रिचार्ड अगएमांगले खेलको ६८औं मिनेटमा र आफीज ओलावालेले खेलको ८३औं मिनेटमा गोल गरे ।

खेलको पहिलो हाफको ४४औं मिनेटमा इलामका लागि फोडे कामरा र ४५औं मिनेटमा ओमार थिओमले गोल गरेका थिए । बराबरीपछि धनगढीको ४ खेलमा ८ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ४ खेलमा ८ अंक रहेको पोखरा थण्डर्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा झरेको छ । त्यस्तै इलाम भने यो बराबरीपछि ५ खेलमा ४ अंकसहित सातौँ स्थानमा रहेको छ ।

त्यस्तै, आजै सम्पन्न दोस्रो खेलमा लुम्बिनीले काठमाडौंलाई २–१ गोल अन्तरले पराजित ग¥यो । बुटवल लुम्बिनीको जितमा स्टेफेन समिर बिनोंग र एरिक विष्टले एक एक गोल गरे भने काठमाडौंका लागिराजीव लोप्चनले एक गोल फर्काए ।

यो जितपछि बुटवल लुम्बिनीको ५ खेलमा ७ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै काठमाडौंले भने यो यस सिजनमा पहिलो हार ब्यहोरेको छ । यो हारपछि काठमाडौं रेजर्सको ४ खेलमा ५ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : ०२ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री