एनएसएलमा बुटवल लुम्बिनीले काठमाडौंलाई हरायो, धनगढी र इलामको बराबरी | Khabarhub Khabarhub

एनएसएलमा बुटवल लुम्बिनीले काठमाडौंलाई हरायो, धनगढी र इलामको बराबरी


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिङ इलामले २–२ गोलको बराबरी खेलेका छन् भने दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले काठमाडौं रेन्जर्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

पहिलो खेलमा २–१ गोल अन्तरले पछि परेको धनगढी कमब्याक गर्दै हारबाट जोगिएको हो । धनगढीका लागि रिचार्ड अगएमांगले खेलको ६८औं मिनेटमा र आफीज ओलावालेले खेलको ८३औं मिनेटमा गोल गरे ।

खेलको पहिलो हाफको ४४औं मिनेटमा इलामका लागि फोडे कामरा र ४५औं मिनेटमा ओमार थिओमले गोल गरेका थिए । बराबरीपछि धनगढीको ४ खेलमा ८ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ४ खेलमा ८ अंक रहेको पोखरा थण्डर्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा झरेको छ । त्यस्तै इलाम भने यो बराबरीपछि ५ खेलमा ४ अंकसहित सातौँ स्थानमा रहेको छ ।

त्यस्तै, आजै सम्पन्न दोस्रो खेलमा लुम्बिनीले काठमाडौंलाई २–१ गोल अन्तरले पराजित ग¥यो । बुटवल लुम्बिनीको जितमा स्टेफेन समिर बिनोंग र एरिक विष्टले एक एक गोल गरे भने काठमाडौंका लागिराजीव लोप्चनले एक गोल फर्काए ।

यो जितपछि बुटवल लुम्बिनीको ५ खेलमा ७ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै काठमाडौंले भने यो यस सिजनमा पहिलो हार ब्यहोरेको छ । यो हारपछि काठमाडौं रेजर्सको ४ खेलमा ५ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : ०२ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका