पाठेघर क्यान्सरको निःशुल्क परिक्षण शिविरमा पाँच सयभन्दा बढीले लिए सेवा « Khabarhub

पाठेघर क्यान्सरको निःशुल्क परिक्षण शिविरमा पाँच सयभन्दा बढीले लिए सेवा


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखा वैतेश्वर गाउँपालिका अधिकांश महिलाहरूमा पाठेघर क्यान्सरको जोखिम रहेको पाइएको छ। ग्रीनतारा नेपालको आर्थिक तथा प्राविधिक सहयोग र वैतेश्वर गाउँपालिकाको व्यवस्थापनमा बिहीबारदेखि सञ्चालित ३ दिने महिलाहरूको पाठेघर क्यान्सरको निःशुल्क परिक्षण शिविरमा पाँच सय २८ जना महिलाले  पाठेघर परिक्षण गर्दा धेरैमा पाठेघर खस्ने र क्यान्सरको खतरा रहेको पाइएको शिविरमा महिलाहरूको पाठेघर परिक्षण गरेकी वैतेश्वर अस्पतालकी प्रमुख डाक्टर निरामिका पाठकले बताइन्।

 ग्रीनताराले पालिकासँगको समन्वयमा बिहीबार देखी शनिबारसम्म ३ दिन सञ्चालन गरेको शिविरमा चारसय ४९ जनाको स्वाब परिक्षण गर्दा २४ जनामा पाठेघर क्यान्सरको रिपोर्ट पोजेटिभ भेटिएको डाक्टर पाठकले बताइन्।

त्यस्तै ७७ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको हो। चेतनाको कमि तथा सामाजिक रूपमा खेलेर भन्न र आर्थिक विपन्नताको कारण धेरै महिलाले पाठेघर जस्तो ठाउँमा देखिएको समस्या लुकाएर बस्न बाध्य रहेको ग्रीनतारा नेपाल बैतेश्वरका कार्यक्रम संयोजक टंक श्रेष्ठले बताए।

पाठेघरको समस्या भेटिएका अधिकांश महिला २५ देखि ५० वर्ष उमेर समुहका रहेको श्रेष्ठले बताए। श्रेष्ठका अनुसार कतिपय स्वास्थ्य स्वयंसेविका समेत पाठेघर खस्ने समस्या भेटिएकोले पारिवारिक जिम्मेवारी, बेरोजगारी, सुत्केरी अवस्थामा पोषण र आराम नपुग्दा, सानो उमेरमै विवाह गर्दा तथा चेतना शिक्षाको कमीले पाठेघरका रोगी महिला बढ्दै गएको उनले बताए।

 ग्रीनतारा नेपालले बिहीबार पहिलो दिन सञ्चालन गरेको वडा नम्बर (१,२ र ३ को शिविरमा एक सय ६० जनाले पाठेघरको परिक्षण गराएका थिए। जसमा १२ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको थियो। त्यस्तै ३ जना महिलामा पाठेघर क्यान्सरको रिपोर्ट पोजेटिभ देखिएको छ। त्यस्तै वडानम्बर-४,५ र ८ मा शुक्रबार सञ्चालन गरिएको दोस्रो दिनको शिविरमा पनि १२ जना महिलामा क्यान्सरको रिपोर्ट पोजेटिभ देखिएको छ भने,२५ जना महिलामा पाठेघर खस्ने समस्या भेटिएको डाक्टर पाठकले बताइन्।

त्यस्तै वडा नम्बर-६ र ७ को लागि शनिबार राखिएको शिविरमा एक सय ३५ जना महिलाको क्यान्सर टेस्ट गर्दा ९ जना महिलामा क्यान्सर पोजेटिभ देखिएको छ, भने ३४ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको कार्यक्रम संयोजक श्रेष्ठले बताए।

समाजमा अझै पनि धेरै महिलाहरूमा पाठेघर लगायतका धेरै समस्या रहेकाले पालिका तथा स्थानीय स्वास्थ्य संस्थाले यस्ता शिविर गाउँगाउँमा गर्न आवश्यक रहेको श्रेष्ठले बताए। 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ७ : ३६ बजे

बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौं– यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । 

प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले