भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक : महासचिव पोखरेल « Khabarhub

भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक : महासचिव पोखरेल


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने सहमति सकारात्मक रहेको बताएका छन् । 

प्रेस चौतारी नेपाल, कास्कीद्वारा यहाँ आयोजित पत्रकार भेटघाटमा उनले त्यससम्बन्धी प्राविधिक विषयलाई छिटो टुङ्ग्याएर उक्त हवाई प्रवेशमार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन सरकारले तदारुकता देखाउनुपर्ने बताए । 

प्रधानमन्त्रीबाट भारतको भ्रमणका क्रममा भएका सहमति/समझदारी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए । 

यसैबीच, महासचिव पोखरेलले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा विचार मिल्ने दलसँग पार्टीले तालमेल गरी अगाडि बढ्ने बताए । 

‘कुन दलसँग तालमेल गर्ने कुरा टुङ्गिएको छैन, तर  निर्वाचनमा विचार मिल्ने दलहरुबीच मिलेर जाने विषयमा छलफल भइरहेको छ’, उनले भने । महासचिव पोखरेलले एमालेलाई थप एकताबद्ध र सुदृढ गर्दै आगामी निर्वाचनमा जाने बताए  । 

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  २ : ३६ बजे

भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक : महासचिव पोखरेल

गण्डकी– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा

पूजा शर्माको पहिलो सटसँगै सुरु भयो ‘सेतो कोट’

काठमाडौं– अभिनेत्री पूजा शर्माको पहिलो सटसँगै नयाँ नेपाली फिल्म ‘सेतो

सामाजिक सञ्जालका ‘ज्ञानी’ माथि दीपकराजको व्यंग्य, ‘लाखौँ सुकरात, ओशो र बुद्ध जन्मिए’

काठमाडौं– सामाजिक सञ्जालमा पछिल्लो समय हरेक विषयमा ज्ञान बाँड्ने र

राष्ट्रपतिसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं- भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो थालसहित विरोध