सिरहामा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु | Khabarhub Khabarhub

सिरहामा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको औरही गाउँपालिका–२ तुलसीपुरमा ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स१त ७४५८ नंको ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ट्र्याक्टरको इन्जिनमा च्यापिएर उनी दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको स्थानीय श्याम यादवले जानकारी दिए । उनका अनुसार ट्र्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शवपरीक्षणका लागि सिरहा प्रादेशिक अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १० : १६ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले