मलेसियामा नेपाली श्रमिक कुट्ने रोजगारदाता पक्राउ, ६ जना नेपाली स्वदेश फर्किँदै « Khabarhub

मलेसियामा नेपाली श्रमिक कुट्ने रोजगारदाता पक्राउ, ६ जना नेपाली स्वदेश फर्किँदै


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दोहा – मलेसियामा नेपाली श्रमिकलाई कुटपिट गर्ने होङ्गे इन्टरप्राइजेजका सम्बन्धित व्यक्ति पक्राउ परेका छन्।

नेपाली श्रमिकलाई कुटपिट गरेपछि श्रमिकका तर्फबाट प्रहरीमा उजुरी गरिएको र हाल ती पीडकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

सो कम्पनीमा काम गर्न गत सेप्टेम्बरमा पुगेका २८ जना नेपाली र कम्पनीका व्यक्तिबिच भनाभन र कुटपिट भएको थियो। सो घटनापश्चात् कम्पनीले ती नेपालीलाई त्यहाँबाट अन्यत्रै राखेको थियो।

सोही विषयमा गत जनवरी ४ मा दूतावासमा भएको छलफल पश्चात् स्वदेश फर्किन चाहने नेपालीलाई तत्काल नेपाल फर्काउन र काम जारी राख्न चाहनेलाई काममा फर्काउने सहमति भएको थियो।

सो अनुरूप ९ जना नेपाली काममा फर्केको, ७ जना बुधबार नेपाल फर्किने र बाँकीले स्वदेश फर्किने वा काममा पुनः जाने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको दूतावासले जनाएको छ।

यसैबीच मलेसियाको प्लान्टेशन क्षेत्रमा काम गर्ने गरी पिआरएस फरेस्ट म्यानेजमेण्ट कम्पनीमा काम गर्न गएका १३ जना नेपाली अलपत्र परेकोमा उनीहरुलाई नेपाल फर्काउन कम्पनी सहमत भएको छ।

उनीहरुमध्ये ६ जना आज नेपाल फर्किँदै छन् भने बाँकी व्यक्ति जनवरी १३ मा नेपाल फर्किने दूतावासले जनाएको छ। उनीहरु नेपाल नफर्किँदासम्म खानबस्ने व्यवस्था गरिएको पनि दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

मलेसियामा नेपाली नागरिकहरु अलपत्र परेको भन्ने विभिन्न सञ्चार माध्यम तथा विभिन्न सामाजिक सञ्जालमा प्रकाशित समाचारहरूप्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

साथै मलेसियामा रहेका नेपाली कामदार नागरिकहरुका हकहित संरक्षणका निम्ति नेपाली राजदूतावास सदैव तम्तयार रहेको हुँदा यस किसिमका कुनै पनि घटनाको बारे मिडियाले समाचार सम्प्रेषण गर्दा दूतावासलाई समेत सम्पर्क गरी सम्पूर्ण तथ्यहरु यकिन गरी मात्रै सम्प्रेषण गरिदिन दूतावासले अनुरोध गरेको छ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : ४५ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित