सरकारले जनअपेक्षा पूरा गर्न सफल होस् : अमरेशकुमार सिंह « Khabarhub

सरकारले जनअपेक्षा पूरा गर्न सफल होस् : अमरेशकुमार सिंह


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वतन्त्र अमरेशकुमार सिंहले सरकारको नेतृत्व गर्नेले अर्काको पहिचान मेटाउने काम गरे मुलुकमा पुनः अशान्ति उत्पन्न हुने खतरा रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले भने, ‘प्रधानमन्त्रीज्यू, तपाईँले गरेका वाचा पूरा गरिदिनुस्, प्रस्तावलाई समर्थन गर्छु, विश्वासको मत दिन्छु ।’

अर्का स्वतन्त्र सांसद प्रभु साहले जनता र निर्वाचित संस्थाप्रति जवाफदेही भएर सरकारलाई काम गर्न सुझाव दिँदै आफ्नो सहयोग र समर्थन रहने बताए । स्वतन्त्र सांसद योगेन्द्र मण्डलले लाखौँ नेपाली नागरिक गैरनागरिक बन्नु परेको जनाउँदै नागरिकता समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : ०९ बजे

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक