एघारौँ संस्करणको पोखरा महोत्सवको तयारी पूरा  « Khabarhub

एघारौँ संस्करणको पोखरा महोत्सवको तयारी पूरा 


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गण्डकी– एघारौँ संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । महोत्सवको बुधबार अमरसिंह चौरमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नेछन् । आयोजक युनाइटेड क्लब, पोखराका अध्यक्ष राजु श्रेष्ठले महोत्सवको शुभारम्भ समारोहलाई भव्य बनाइने बताए । 

खेल, कला, संस्कृति र व्यापार प्रवर्द्धनको उद्देश्यले महोत्सव राखिएको उनको भनाइ छ । महोत्सव आगामी माघ ९ गतेसम्म चल्नेछ । महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवर्द्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्रावास निर्माणमा लगाइने आयोजकले जनाएको छ ।

महोत्सवमा बिक्री हुने प्रत्येक टिकटबाट एक सेती नदी संरक्षणका नाममा छुट्याइने अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा दुई सय ५८ व्यावसायिक ‘स्टल’ रहनेछन् । तेह्र दिनसम्मको महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आँकलन गरिएको छ । 

‘महोत्सवले पोखराको आर्थिक गतिविधि बढ्छ, यहाँको आन्तरिक अर्थतन्त्र चलायमान हुन्छ, अर्कातिर दर्शकले स्वस्थ मनोरञ्जनको अवसर पाउँछन्’, अध्यक्ष श्रेष्ठले भने । महोत्सव अवधिभर जातीय वेशभूषा, संस्कृति झल्काउने मौलिक झाँकी तथा नाच प्रस्तुत गरिने भएको छ ।  

औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्री कक्ष पनि रहने आयोजकको भनाइ छ । महोत्सवमा दैनिक रुपमा कलाकारको सांगीतिक प्रस्तुति रहनेछ । रमाइलो बाल उद्यान, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, हास्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायत मेलाका आकर्षण रहने छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ६ : १६ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ