राज्य पद्धती र प्रणालीको पुनरावलोकन आवश्यक : पूर्वराजा शाह « Khabarhub

राज्य पद्धती र प्रणालीको पुनरावलोकन आवश्यक : पूर्वराजा शाह


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राजनीति विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक र आकारमा अल्मलिएको टिप्पणी गरेका छन् । राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले मुलुकको राज्य पद्धती र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।

उनले मुलुकको एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिकता दुर्लभ बन्दै गएको टिप्पणी गरेका छन् । उनले एकता, अखण्डता, सामाजिक सद्भाव, सार्वभौमिकता दुर्लभ बन्दै गएका कारण राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको समेत टिप्पणी गरेका छन् ।

पूर्वराजा शाहले विज्ञप्तिमा देश आफ्नै बाहुबल, मौलिक मान्यता, आफ्नै शैली र ढाँचामा अघि बढोस् भन्ने आफ्नो चाहना रहेको बताउँदै राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्तमात्र हुने पनि उल्लेख गरेका छन् ।

‘हामीले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहका दिव्योपदेशहरुलाई आत्मसाथ गर्दै मौसुफले दर्शाइबक्सेको मार्गदर्शनलाई अनुसरण गर्न सकेको खण्डमा मात्र हाम्रो इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवम् संरक्षित हुनसक्छ भन्ने विश्वास लिएका छौँ ।’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ पूर्वराजा शाहले जारी गरेको विज्ञप्ति-

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ६ : ४८ बजे

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो