डोटीका किसान आलु खेतीतर्फ आकर्षित « Khabarhub

डोटीका किसान आलु खेतीतर्फ आकर्षित


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

दिपायल– आलु खेतीबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् । विगतमा परम्परागतरूपमा तरकारी खेती गर्दै आएका किसान  पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा आलुखेती हुन थालेपछि डोटी जिल्ला आलु खेतीतर्फ आत्मनिर्भर बन्दै गएको छ ।

परम्परागत खेतीको तुलनामा आधुनिक  खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा  आलुखेती गर्न थालेका हुन् । जिल्लाको  बडिकेदार गाउँपालिका–५ थानकोटका किसान दिल्ली मल्लले आलु खेतीबाट निकै आम्दानी गरेका छन् । उनी हिउँदे र बर्खे गरी दुवै याममा दुई लाख बराबरको आम्दानी गर्दै आएको बताउँछन्। ‘धान,गहुँ र तोरी खेतीले खासै आम्दानी हुँदैनथ्यो,’ मल्लले भने, ‘आलु खेती गर्न थालेपछि यहाँका किसानले निकै आम्दानी गरेका छन् ।’

जिल्लाको जोरायल गाउँपालिका-६  दहका किसन  गोपाल साउदले ४० रोपनी जमिनमा लगाएको आलु खनिसकेका छन् ।  काडिन्ल नामको रातो  आलु ६० कुइन्टल  फलेको र उक्त  आलु प्रतिकिलो ४०  रुपैयाँमा बिक्री भइरहेको उनको भनाइ छ ।  एकै याममा कारिव दुई लाख चालिस हजार बराबर आम्दानी भएको साउद उल्लेख गर्छन् । 

कृषि  ज्ञान केन्द्रबाट  चक्लाबन्दी आलु खेतीका लागी ५० प्रतिशत अनुदान तथा प्राविधिक सहयोगमा आलुको बीउ ल्याएर लगाइएकामा  पानी नपरेकाले खासै उत्पादन नभएको उनी गुनासो गर्छन् ।

आलु उत्पादनलाई उपभोक्तामुखी बनाउँदै किसानले सहज बनाउँदै लगेको बडीकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र शाहा बताउँछन् । हिउँदे र बर्खे बालीका रुपमा आलुखेती गरी उक्त गाउँपालिकाका  प्रत्येक किसानले  पाच लाखभन्दा बढी  आम्दानी गरेका छन् । 

 जिल्लामा पछिल्लो समय आलु खेती गर्ने किसान निकै बढेकाले  किसानलाई समयमै बीउ बिजन , मल ,  कृषि औजारलगायत समस्या भएकाले स्थानीय तह , संघ र प्रदेश सरकारसँग समन्वय गरी  उपलब्ध गराउन पहल गरिने प्रमुख पनेरु बताउँछन् । गत आर्थिक वर्ष २०७७-७८ मा  दुई हजार  नौ सय पाँच  हेक्टर जमिनमा लगाएको आलु  ३३ हजार छ सय ६६ मेट्रिकटन उत्पादन भएको  थियो भने यस वर्ष   तीन हजार  चार सय ३३ हेक्टर जमिनमा लगाएको  आलु ४० हजार  पाँचसय ५८ मेट्रिकटन उत्पादन भएको उक्त केन्द्रको तथ्यांकमा उल्लेख छ ।

जिल्लाको सायल गाउँपालिका,  पूर्वीचौकी गाउँपालिका , दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकालाई आलु पकेटको रुपमा छनोटगरी आलु खेती गरिँदै आएको उक्त केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ६ : ४८ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,