मधेस प्रदेश : मंगलबार मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन | Khabarhub Khabarhub

मधेस प्रदेश : मंगलबार मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै मंगलबार मधेस प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्य हुन सकेन । गठबन्धनका अन्य दलले चिसोका कारण सांसद जनकपुरमा आइपुग्न ढिलाइ भएको र अन्य व्यवस्थापकीय तयारी बाँकी रहेको जनाएपछि दाबी पेश गर्न नसकिएको जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश प्रमुख रामबाबु यादवले जानकारी दिए ।  

यसअघि जसपा मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै सरकार गठनका लागि मंगलबार नै दाबी पेश गर्ने भनिएको थियो । प्रस्तावित मुख्यमन्त्रीका दाबेदार जसपा मधेस प्रदेश संसदीय दलका नेता यादवले पनि सत्ता गठबन्धनका अन्य दलले तयारी नपुगेको भनेपछि मङ्गलबार दाबी पेश हुन नसकेको बताए। उनका अनुसार सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) ले मङ्गलबार दिउँसोसम्म संसदीय दलको नेता चयन गर्ने र अन्य दलले पनि आन्तरिक तयारीपछि दिउँसो ४ बजेसम्म दाबी पेश गर्ने भनिएको थियो तर माओवादी केन्द्रले दलको नेता चयन गर्न सकेन । 

‘सबै तयारी भए किन अन्तिमसम्म कुर्ने भन्ने थियो, तर आज आन्तरिक तयारी नपुगेपछि दाबी पेश हुन सकेन’, नेता यादवले भने, ‘अब माओवादी केन्द्रले दलको नेता चयन र अन्य दलको आवश्यक तयारी पूरा भएपछि दाबी पेश गर्छौ, सम्भवतः भोलि नै गर्छौं ।’

प्रदेश प्रमुख हरिशंकर मिश्रले यही २८ पुस दिउँसो ४ बजेसम्म सरकार गठनका लागि आह्वान गरेका छन् । केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरूबीच मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।  

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : ४४ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता