माघी नजिकिएसँगै तयारीमा जुटे थारु समुदाय « Khabarhub

माघी नजिकिएसँगै तयारीमा जुटे थारु समुदाय


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै सो समुदाय तयारीमा जुटेको छ । खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा संकलन गर्ने, तेल पेल्ने, घर लिपपोत, आँगन सरसफाइलगायत काममा थारु समुदाय व्यस्त छ । धनगढी उपमहानगरपालिका–३ का शेरबहादुर चौधरी माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गंगटोलगायत खाने चलन रहीआएकाले त्यसको तयारीमा जुटेको बताए । यस पर्वमा परिवारका सदस्यका लागि नयाँनयाँ लुगा किनमेल गर्न थालेको उनको भनाइ छ । रोजगारीका लागि बाहिरिएका परिवारका सदस्य यतिबेला पर्व मनाउन घर फर्कन थालेका छन् ।

‘माघीमा पाहुना धेरै जम्मा हुने गर्छन्, पाहुनाका लागि  थरीथरीका खानाका परिकार अहिलेदेखि नै बनाउने तयारीमा जुटेका छौँ’, चौधरीले भने। पुसलाई बिदाइ गर्दै माघ १ गतेलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन् ।

माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात पुस महिनाको अन्तिम दिन जिता मार्ने चलन छ । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको थारु कल्याणकारी सभाका कार्यवाहक सभापति माधव चौधरीले बताए । ‘माघे सङ्क्रान्तिका दिन विशेष गरी थारु समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरी घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायत खाद्यान्न छुने गरिन्छ’, उनले भने, ‘त्यसपछि आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई आर्शीवाद दिने गरिन्छ ।’

कोरोना सङ्क्रमणका कारण केही वर्ष माघीको चहलपहल घटे पनि यस वर्ष भने हर्सोल्लासका साथ माघी पर्व मनाउने तयारीमा थारू समुदाय जुटेको छ । माघी पर्व मनाउन गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गरिएको छ । 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : ५१ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ