सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा प्रगति विवरण सार्वजनिक « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा प्रगति विवरण सार्वजनिक


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षे कार्यकालमा सडक, सिँचाइ, खानेपानी, कृषि र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम भएको जनाएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री त्रिलोचन भट्टले यो अवधिमा चार सय किलोमिटर सडक कालोपत्रे, सात सय ६९ किमी सडक ग्राभेल र एक हजार २३ किमी कच्ची सडक निर्माणमा सफलता मिलेको बताए ।

प्रगति विवरणमा प्रदेश सरकारले काम थालेपछि ५२ मोटरेबल पुल निर्माण पूरा हुनुका साथै चालु वर्षको अन्त्यसम्ममा थप दुई सय किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न हुने चरणमा रहेको जनाइएको छ ।

सिँचाइतर्फ ३० किलोमिटर सिँचाइ कुलो निर्माण, दुई लाख बढी नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध र शिक्षातर्फ एक सय ३३ विद्यालयका भवन निर्माण पूरा गरिएको उल्लेख छ । “पाँच वर्षमा विकास निर्माणका कार्यका अतिरिक्त लोकसेवा आयोगको कार्य प्रारम्भका साथै शिक्षामा पनि धेरै काम गरेका छौँ”, पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले भने, “आउने सरकारका लागि धेरै सहज हुनेछ ।”

प्रगति विवरणमा सेती प्रादेशिक अस्पताललगायतका अस्पतालमा स्वास्थ्य उपकरणको व्यवस्थाका साथै भवनलगायतका पूर्वाधार जुटाइएको, कृषितर्फ भएका गतिविधिले झण्डै पाँच सय नागरिकले रोजगारी पाएको, बीउबिजन उत्पादनमा उपलब्धि हासिल भएको जनाइएको छ ।

“पाँच वर्षमा प्रदेशको राजधानी घोषणा र नामकरण भयो, सङ्घीय सरकारले भूमिको स्वामित्व प्राप्तिमा सहयोग नगर्दा भने राजधानीका संरचना निर्माणको काम अगाडि बढ्न सकेन”, मुख्यमन्त्रीले भने, “सुरुमा हामी आउँदा पूर्वाधार, कानून, कर्मचारीको अभाव भए पनि पाँच वर्षमा सङ्घीयताको आधारशीला स्थापना गर्न सफल भएका छौँ ।”

गएको पाँच वर्षमा अन्य कतिपय प्रदेशमा मुख्यमन्त्री फेरिएर राजनीतिक अस्थिरता देखिए पनि त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम सरकार पूरै अवधि काम गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ८ : २० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको