पोखरा अन्तराष्ट्रिय विमानस्थलमा निरन्तर उडान हुन्छ : नवनियुक्त मुख्यमन्त्री | Khabarhub Khabarhub

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा निरन्तर उडान हुन्छ : नवनियुक्त मुख्यमन्त्री


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकीका नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा निरन्तर अन्तराष्ट्रिय उडान गर्न प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको भोलिपल्टै उनी काठमाडौं उडेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेतासँग भेट गर्न उनी काठमाडौं गएका हुन् ।

त्यसअघि पोखराको १२औं नगरसभालाई सम्बोधन गर्दै अधिकारीले अन्तराष्ट्रिय उडानका लागि प्रधानमन्त्रीसँग कुरा राख्ने बताएका हुन् । ‘अन्तर्राष्ट्रिय उडानका लागि अन्य देशको अनुमति लिन पहल गर्छौं । कनेक्टिभिटीका लागि यो अत्यावश्यक छ’, उनले भने, ‘बडो उल्लासका साथ विमानस्थलको उद्घाटन गर्‍यौं । अब नियमित सञ्चालनको सुनिश्चितता गर्नुपर्छ ।’

पर्यटन, जलश्रोत र शिक्षालाई विकास गर्न प्रदेशले सुझाव चाहेको अधिकारीले बताए । संघ सरकारले तल्ला सरकारलाई अधिकार दिने कुरामा आनाकानी गरिरहेको उनको तर्क छ । ‘प्रदेश त माइलो छोरो भयो । कान्छो छोरो स्थानीय तह, जेठो छोरो माथि छँदै छ । पितृ उद्धार कार्य गर्दा माइलो छोरोलाई खासै ठूलो भार पारिँदैन,’ उनले भने, ‘त्यही मनोविज्ञान पनि हुन सक्छ । केन्द्रमा रहँदा केन्द्रकै कुरा ठूलो हुन्छ । अधिकार तल जाने कुरामा खासै उदार छैन ।’

उनले केही कानून केन्द्रले नबनाएका कारण प्रदेश सन्चालनमा समस्या भएको बताएका छन् । निजामति कर्मचारी ऐन नबनेका कारण प्रदेशमा कर्मचारी समायोजन हुन नसकेको उनले बताए ।

अधिकारीले स्थानीय तहसँग सम्बन्धित कानून निर्माणका लागि प्रदेश सरकार तत्पर रहेको र अनिवार्य ऐन निर्माणका लागि सुझाव मागेका छन् । शिक्षा र स्वास्थ्यको धेरै दायित्व स्थानीय तहसँग भएकोले जिम्मेवार भएर काम गर्न सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : ०७ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी

‘कमेडी दरबार’ युट्युबमा अपलोड नभएपछि निमार्ण टिमले माग्यो माफी

काठमाडौं – सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै