राष्ट्रनिर्माताको सम्मानमा गोरखामा विगुल बजाउँदै सेना « Khabarhub

राष्ट्रनिर्माताको सम्मानमा गोरखामा विगुल बजाउँदै सेना


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले आफ्ना संस्थापक पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा बुधबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

सोही क्रममा गोर्खा दरबारको ठूलो आँगनमा राष्ट्रनिर्माताको पूर्णकदको शालिकको प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गर्नुहुने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । गोर्खा नगरपालिका र सेनाको स्थानीय पल्टनको सहकार्यमा उक्त कार्यक्रम हुनेछ ।

सेनाले बुधबारदेखि नै त्यहाँ हरेक दिन बिहान र बेलुका राष्ट्रनिर्माताको सम्मान विगुल बजाएर सलामी दिने कार्यको शुभारम्भ गर्नेछ ।

यसैबीच, राष्ट्रनिर्माताले राज्य एकीकरण गर्ने क्रममा प्रयोग गरेको मार्गमा विसं २०७६ देखि सेनाले पृथ्वीजयन्तीका अवसर पारी हरेक वर्ष ‘एकीकरण पदयात्रा’ गर्दैआएको छ । यस वर्ष पनि गोरखाबाट पुस २१ गतेदेखि सुरु भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै आज हनुमानढोका दरबारमा आइपुगेको छ ।

उक्त पदयात्रामा सेनाका पृथ्वीनारायण कालिन पाँचवटा पल्टनका झण्डा, राष्ट्रिय झण्डा र दीपज्योति बोकेर सैनिक टोलीले मार्चमा निस्केकोमा निर्धारित यात्रा पूरा गरी आज हनुमान ढोका आइपुगेको छ ।

उक्त पदयात्रा टोली बुधबार बाजागाजासहित हनुमान ढोकाबाट निस्केर नगर परिक्रमा पछि जङ्गीअड्डास्थित राष्ट्रनिर्माताको पूर्णकदको शालिक नजिक आयोजना गरिने विशेष समारोहमा सहभागी हुनेछ । त्यहाँ सेनाले संस्थापकप्रति सलामीसहित श्रद्धाञ्जलि अर्पण गर्नेछ ।

पृथ्वीजयन्तीकै अवसरमा सैनिक मुख्यालयमै नेपाली सेनाव्यापी कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिने कार्यक्रम छ । सेनाले बुधबार नै त्यहाँ इतिहासविद् र प्राज्ञबाट दिव्यपदेश सम्बन्धमा प्रवचन कार्यक्रमको आयोजना गरेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले सिंहदरबारको पश्चिम मूलद्वारा अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरी राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलिका साथ सम्मान व्यक्त गर्ने कार्यक्रम छ ।

सरकारले धेरै वर्षपछि पृथ्वीजयन्तीका अवसरमा मुलुकभर र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियागमा समेत बुधबार सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ । यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर हरेक वर्ष जलपान समारोहको आयोजना गर्दैआएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : २१ बजे

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

चार दिनभित्र देशभर मनसुन फैलिने, कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पनामामाथि इंग्ल्यान्डको सहज जित, समूह विजेता बन्दै नकआउट चरणमा

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा