पाँचपोखरीमा सात सय मेट्रिकटन आलु उत्पादन « Khabarhub

पाँचपोखरीमा सात सय मेट्रिकटन आलु उत्पादन


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकामा यस वर्ष सात सय मेट्रिकटन आलु उत्पादन भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका किसानले मात्रै यस वर्ष चार हजार दुई सय किलो आलुको बीउ बिक्री गरेकाछन् ।

गाउँपालिकाको समन्वयमा उत्पादित आलुलाई प्रतिकिलो रु ७० का दरले बिक्री गरिएको भोताङका कृषक सुमेश तामाङले जानकारी दिए । सात सयमध्ये पाँच सय गाउँपालिकाभित्र बिक्री तथा खपत र दुई सय मेट्रिकटन पालिका बाहिर बिक्री भएको कृषि शाखा प्रमुख निमराज गिरीले बताए ।

“गत वर्ष किसानका घरघरमा पुगेर आलुको बीउ बाँडेका थियौँ । अहिले उत्पादित आलुले बजार पाएकामा किसानमा हौसला बढेको छ”, उनले भने । स्थानीय उत्पादनलाई जोड दिँदै हरेक वडालाई गाँउपालिकाले कृषि पकेट क्षेत्र तोकेको छ । कृषि शाखा प्रमुख गिरीले आर्गनिक उत्पादनलाई वृद्धि गराउन तालिमको व्यवस्था गर्न लागिएको बताए ।

गाउँपालिका अध्यक्ष टासी लामाले स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै कृषिलाई पर्यटनसँग जोड्ने बताए । पर्यटन र कृषिबाट नै गाउँपालिकालाई समृद्ध बनाउन सकिने उनको भनाइ छ । अहिले गाउँपालिकाभित्रका कृषि उत्पादनले बजार पाउन थालेपछि किसान उत्पादनमुखी हुन थालेका छन् । गाँउपालिका भरिमा पाँच सय घरपरिवार आलुमा आत्मनिर्भर छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १० : ५७ बजे

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर