रवीन्द्र मिश्रद्वारा विवेकशील साझाको महाधिवेशन सफलताको शुभकामना « Khabarhub

रवीन्द्र मिश्रद्वारा विवेकशील साझाको महाधिवेशन सफलताको शुभकामना


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व पार्टी विवेकशील साझाको महाधिवेशन सफलताको कामना गरेका छन्।

आज काठमाडौँमा सुरु हुन लागेको विवेकशील साझाको महाधिवेशनलाई शुभकामना दिँदै उनले विचारमा अन्तर भए पनि नियतमा नभएको बताएका छन्।

‘बिचार भन्दा माथि देश’ भन्ने आफ्नो मार्ग परिवर्तनले पार्टीमा समस्यालाई जटिल बनाए पनि संयमताका साथ पार्टीलाई अगाडि लैजाने साथीहरूलाई नमन उनले भनेका छन् ।

‘विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन’, उनले लेखेका छन्, ‘हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु।’

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : २० बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।