भारतीय विदेश सचिव क्वात्रा नेपाल भ्रमणमा आउने « Khabarhub

भारतीय विदेश सचिव क्वात्रा नेपाल भ्रमणमा आउने


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले नेपालको दुईदिने भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेश सचिव क्वात्राले आगामी फागुन १ र २ गते नेपाल भ्रमण गर्नेछन् ।

भ्रमणका क्रममा उनीबीच सम्पर्क सञ्जालको विस्तार, ऊर्जा, व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिजस्ता सहकार्यलगायत द्विपक्षीय विविध विषयमा छलफल हुने कार्यक्रम तय भएको छ ।

दुई देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरतामा यो भ्रमण हुन लागेको हो । यस भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने महत्वपूर्ण अवसरका रुपमा लिइएको छ ।

भ्रमण पूरा गरी भारतीय विदेश सचिव क्वात्रा फागुन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ३ : १८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल