भारतीय विदेश सचिव क्वात्रा नेपाल भ्रमणमा आउने « Khabarhub

भारतीय विदेश सचिव क्वात्रा नेपाल भ्रमणमा आउने


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले नेपालको दुईदिने भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेश सचिव क्वात्राले आगामी फागुन १ र २ गते नेपाल भ्रमण गर्नेछन् ।

भ्रमणका क्रममा उनीबीच सम्पर्क सञ्जालको विस्तार, ऊर्जा, व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिजस्ता सहकार्यलगायत द्विपक्षीय विविध विषयमा छलफल हुने कार्यक्रम तय भएको छ ।

दुई देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरतामा यो भ्रमण हुन लागेको हो । यस भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने महत्वपूर्ण अवसरका रुपमा लिइएको छ ।

भ्रमण पूरा गरी भारतीय विदेश सचिव क्वात्रा फागुन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ३ : १८ बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।