एकता गर्ने विषयमा चार कम्युनिष्ट पार्टीको छलफल सुरु « Khabarhub

एकता गर्ने विषयमा चार कम्युनिष्ट पार्टीको छलफल सुरु


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभिन्न चार कम्युनिष्ट पार्टीले पार्टी एकता गर्ने विषयमा छलफल थालेका छन् ।

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहूती नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले पार्टी एकताका लागि छलफल थालेको जानकारी दिएका छन् ।

उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकताका लागि छलफल आरम्भ गरेको जानकारी दिएका हुन् ।

पार्टी एकताका लागि छलफल गर्ने र संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने भन्दै उनीहरुले पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी १५ फागुनमा बैठक बस्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ३ : २९ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको