‘सरकारले राजश्व मात्रै बुझ्छ, व्यापारीको पीरमर्का बुझ्दैन’ « Khabarhub

‘सरकारले राजश्व मात्रै बुझ्छ, व्यापारीको पीरमर्का बुझ्दैन’


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : व्यवसायी नरेश श्रेष्ठले नेपालमा व्यापार व्यवसाय गर्ने वातावरण सरकारले अझै बनाउन नचाहेको बताएका छन् । व्यापारीको उद्यम र व्यवसायीबाट देशमा रोजगारी सिर्जना भएको र अर्थतन्त्रमा टेवा पुगेको भएपनि सरकारले सँधै बेवास्ता गर्ने गरेको उनको भनाई छ ।

खबरहबले आयोजना गरेको कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्शका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी श्रेष्ठले सरकारले राजश्व मात्रै बुझ्ने तर कहिल्यै व्यापार तथा व्यवसायीको पीर मर्का नबुझ्ने समस्या रहेको पनि गुनासो पोखे ।

नेपाली युवा रोजगारीका लागि दैनिक हजारौँ लाखौँको संख्यामा विदेशिने क्रम बढिरँहदा उनीहरुलाई रोक्न कुनै प्रयास नहुनु झन् दुःखद भएको पनि उनले बताए । व्यवसायी श्रेष्ठले धेरै पारिश्रमिकको लोभमा नेपाली युवा विदेश गइरहँदा नेपालमा श्रमिकको अभाव चरम अवस्थामा पुगेको पनि बताए ।

सरकारले देशमा भएका अर्थतन्त्र सुधारका प्रयास र व्यवसायीको रोजगारी सिर्जना गर्ने प्रयासलाई नजरअन्दाज गरेको भन्दै उनले देश विकासमा टेवा दिन प्रशासनिक रुपमा कठिन भइरहेको बताए । पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले व्यवसायीलाई प्रोत्साहित गर्नुको सट्टा झन् घर भत्काएर, व्यवसाय धरापमा परेर हतोत्साहित गर्ने काम गरिरहेको पनि टिप्पणी गरे ।

सरकारबाट निर्धक्कसँग व्यापार व्यवसाय गर्ने वातावरण नबनेसम्म देशमा अर्थतन्त्र सुधारको पाटो सँधै ओझेलमा परिरहने पनि व्यवसायी श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ४ : ५३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको