‘अर्थतन्त्र सुधार्न सरकारले उच्चस्तरीय आयोग बनाउनुपर्छ’ | Khabarhub Khabarhub

‘अर्थतन्त्र सुधार्न सरकारले उच्चस्तरीय आयोग बनाउनुपर्छ’


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अर्थविद् डा.गोविन्द नेपालले आर्थिक संकट चुलिएका बेला सरकारले यसको समाधानका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने बताएका छन् । खबरहबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.गोविन्द नेपालले हरेक क्षेत्रमा आर्थिक मन्दी लागेका बेला यसको दीर्घकालीन समस्या समाधान गर्न सरकारले तत्कालै उच्चस्तरीय आयोग बनाउनुपर्ने बताएका हुन् ।

देशमा रहेका हरेक क्षेत्रका आर्थिक समस्या बुझेर त्यसको दस्तावेजीकरण गर्दै आगामी दिनमा आउन सक्ने संकटमा पनि पाठ हुने गरि सरकारले तत्कालै विज्ञहरु सम्मिलित उच्चस्तरीय आयोग बनाएर दीर्घकालीन समाधान खोज्न लाग्नुपर्ने डा.नेपालको धारणा छ ।

अहिले बैंकिङ क्षेत्रसँगै साना व्यवसायी, ठूला व्यवसायीदेखि सबै आर्थिक संकटको मारमा रहेकाले सबैलाई सम्बोधन हुने गरि सबै क्षेत्रबाट समेटेर उच्चस्तरीय आयोग बनाएर मात्रै दीर्घकालीन समाधान हुन सक्ने डा.नेपाल बताउँछन् ।

‘सरकारले कर्मचारीलाई तलब खुवाउनै समस्या भयो भन्छ । तर यसको दीर्घकालीन समाधान खोजेको देखिदैन’ डा.नेपालले कार्यक्रममा भने, ‘यसको समाधानका लागि तत्कालै उच्चस्तरीय आयोग बनाएर विज्ञहरुबाटै सुझाव संकलन गरेर बुझाउनुपर्छ । त्यसले तत्कालको मात्रै होइन, दीर्घकालीन समस्या समाधानका लागि पनि धेरै सहज हुन्छ ।’

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ५ : ०८ बजे

पहिरोले मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध

सिन्धुली– मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ । सडकमा

जिग्री र पाँडेको जाेडी छुट्टियो, अभिनेता महेश चर्चामा

हेडलाइन…दीपा र केदारले भटाभट फिल्म साइन गर्दै छक्का पञ्जा टिमका

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भोजपुरको खोक्सिकमा केन्द्रीय विद्युतको पहुँच

भोजपुर– भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका ९५ प्रतिशत

गोप्य विवरण सार्वजनिक गर्ने सरकारी अधिकारीलाई बर्खास्त गर्दै ट्रम्प

वाशिङ्टन – अमेरिकाको तथ्यांक विभागका अधिकारी बर्खास्तमा पर्ने भएका छन्