नेपालमा वैकल्पिक राजनीति आवश्यक : डा. भट्टराई « Khabarhub

नेपालमा वैकल्पिक राजनीति आवश्यक : डा. भट्टराई


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति आवश्यक रहेको बताएका छन् । उनले इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै नयाँ नेपाल बनाउनुपर्ने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन–२०७९ मा सम्बोधन गर्दै डा. भट्टराईले सीमित जाति र परिवारको शासन भएसम्म देश विकास पनि नहुने तर्क गरे । “जनताले न्याय पनि पाउँदैनन् । सबैका निम्ति लोकतन्त्र चाहिन्छ, अवश्यक छ ।” उनले भने, “जब १८७७ मा लखन थापाहरूले विद्रोह गरेर जब उनी शहीद बने । सन् १८७७ देखि २०१५ सम्म नेपाली जनताले आफ्नो संविधान आफैँ बनाए त्यसलाई म एउटा विन्दु मान्दछु । नेपाली जनताले लोकतन्त्रका निम्ति लडेको लडाइँ हो त्यो । नेपाली जनताले लोकतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतालाई स्थापित गर्ने काम नेपालमा जब गरेको थियो, दोस्रो चरण त्यसलाई मानिन्छ ।”

डा. भट्टराईले जनतालाई अधिकार सम्पन्न बनाएपछि जनताको सहभागिता राज्यमा र राज्यका साधनस्रोतमाथि भएपछि मात्रै विकास हुन्छ भन्ने मान्यताअनुसार हामी अहिले तेस्रो चरणमा रहेको बताए । उनले त्यसकारण नयाँ पार्टी तथा युवा पुस्तालाई इतिहास नकार्ने र धिक्कार्ने होइन, पुराना पुस्ताबाट सिक्नुपर्ने बताए ।

उनले संस्थागत र मजबुद बनाउने सही अर्थमा पछिल्लो लोकतन्त्रको अभ्यास गर्नुपर्ने बताए । डा. भट्टराईले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सही ढङ्गले प्रयोग गर्नुपर्ने प्रणाली लागू गर्न सबै लागिपर्न आवश्यक रहेको बताए ।

नेकपा एकीकृत समाजवादीका पार्टी सचिवालय सदस्य घनश्याम भुसालले राजनीतिमा कुनै नेता र पार्टी बदनाम भएमा अर्थतन्त्र त्यहा आइपुग्ने खालका समस्याले दुःख दिएको बताए । उनले मुलुकको अर्थतन्त्र उद्यम नभएका पूँजीपतिहरूले नेतृत्व गरेका कारण आफू अनुकूलको चाहँदा देश गलत बाटोमा जाने भन्दै राजनीति र अर्थतन्त्र एक ठाउँमा आएपछि नेपालको जस्तो लोकतन्त्रलाई कमजोर बनाउने बताए ।

नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देशलाई माया गर्ने पाँच प्रतिशत जनता एक ठाउँमा बसेर नयाँ ढङ्गबाट देशलाई अगाडि बढाउनुपर्ने बताए । उनले आफू राजनीतिभन्दा पनि समाजसेवा गर्न अघि बढेको भन्दै मौका नपाएर इमान्दार बन्नेहरुको ख्याल गर्दै समय र युवा पुस्ताअनुसार हामी परिवर्तन हुनुपर्ने बताए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ५ : २२ बजे

सरकारले युवा स्वदेश राख्ने वातावरण बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक